
Unsku
Rgp
Ggp
Srbpu
Sgr
Pbu
Lnp
pku
Rgp1

Hal
Pvg
Asm
Sls
Tsm
Ggd
Rgu
Vor
Bbu
Rgs
Ssm
Sbs
Bbbpu
Gst
Ksm
Rsb
nsb
Wsp
Rgu

Jmb
Jmb
Syp
Mks
Ptm
Abd
Rpp
Bml
Gsb
sab
bbt
Pls
Rmb
कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा खटिएको गस्ती टोलीले १० केजी चरेस जस्तो देखिने पदार्थ सहित यात्रुगेटबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहानको १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटि गएको प्रहरी गस्ति टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नम्बर २ यात्रुगेट स्थितमा नेपालबाट भारततर्फ शंकास्पद रुपमा जादै गरेका ती दुई जना मानिसलाई चरेस सहित पक्राउ गरेको हो ।
जिल्ला धादिङ साबिक खनियाबास गा.बि.स. वडा नं. ५ बस्ने वर्ष ४९ की संगिता तामाङ र जिल्ला धादिङ साबिक सत्यवती गा.वि.स. वडा नं. १ बस्ने वर्ष ५९ की सेती तामाङलाई देखि निजहरुलाई रोकी सोधपुछ गर्दा शंका लागि रितपुर्वक निजहरुको शरिर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध (चरेश) जस्तो देखिने र गन्ध आउने छाम्दा हल्का गिलो अवस्थामा रहेको कालो पदार्थ फेला पारी जसलाई डिजिटल मापन यन्त्रमा तौल गर्दा संगिता तामाङको साथबाट जम्मा १० के.जि. फेला पारी पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
त्यस्तै ती व्यक्तिहरुलाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी प्रमुख प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिनु भयो ।
