
Lnp
Srbpu
Pbu
Sgr
Rgp
Rgp1
Ggp
pku
Unsku

Tsm
Bbu
nsb
Rgs
Rgu
Asm
Ggd
Pvg
Ksm
Sbs
Bbbpu
Sls
Wsp
Rsb
Hal
Rgu
Vor
Ssm
Gst

Mks
Rpp
bbt
Syp
Bml
Gsb
Ptm
Jmb
Rmb
Jmb
Abd
Pls
sab
दाङ । गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा चार दिने आधारशिला तालिम गढवा – ५ प्रनाहामा सम्पन्न भएको छ।
कोशेली उद्यमी महिला समूहकी अध्यक्ष शान्ती चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको र ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
चार दिने आधारशिला तालिम समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले तालिममा खुसीसंगै पुरस्कार आदानप्रदान गरी सहयोगको भावनाबाट उत्पादनमुखी र आयमुलक कार्यक्रम हुनु ठुलो उपलब्धि भएको बताउनुभयो ।
धेरैलाई समेटेर कार्यक्रम गर्ने उद्देश्यले कार्यक्रमको साझेदारी गरेर अघि बढेको बताउदै अध्यक्ष पोख्रेलले व्यक्तिलाई दिएको अनुदान भरपर्दो र उपलब्धि मुलक नभएको बताउदै सामुहिक रुपमा आय आर्जनका लागि नियमित गर्ने ठोस कार्यक्रम पालिकाले चलाएर आत्मनिर्भर हुन चाहने लक्षित बर्गलाई पुर्ण सहयोग गर्ने बताउनु भयो।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले हेफर प्रोजेक्ट नेपालको लागत साझेदारीमा सञ्चालन हुने कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्धमशिलता विकास साझेदारी परियोजना कार्यक्रममा प्रभावकारी भए आउने दिनमा अझ ब्यापक तरिकाले यो कार्यक्रम अघि बढ्ने बताउनु भयो । सामुहिक रुपमा उत्पादन हुने तरकारी लगाएतको कुनो पनि बस्तु उत्पादन पश्चात संक्लन केन्द,बिक्री केन्द्र र बजारी करणको ब्यवस्थापन पालिकाले गर्ने बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै वडा नम्बर – ५ का वडाध्यक्ष लेख बहादुर थापाले तालिममा सिकेको कुरा ब्यबहारमा उतार्दै एक आपसमा सहयोगको भावनाले सहयोग गर्दै मिलेर काम गरे ब्यवसायिक रुपमा अघि बढ्न सहज हुने र तरकारी खेतीमा आत्मनिर्भर भई राम्रो आम्दानी गर्न सकिने बताउनु भयो ।
चार दिने हेफर आधारशिला तालिममा परियोजना संयोजक बसन्त कुमार शर्मा,उद्यम विकास सहजकर्ता बाबु राम यादव,सामुदायीक सहजकर्ता कल्पना चौधरी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजिकरण सहजकर्ता कल्पना चौधरीले गर्नु भएको थियो ।
