
Lnp
Gfs
Pbu
Unsku
cjs
Djs
Ggp
Srbpu
Sgr
Rgp
Ses
Pes
pku
Rgp1

Rsb
Rgu
Pvg
Bbbpu
Ksm
Rgs
Wsp
Bbu
Sls
Ggd
Ssm
Sbs
Rgu
Hal
Vor
Tsm
Gst
Asm
nsb

Pls
Gsb
bbt
Jmb
sab
Syp
Abd
Bml
Jmb
Mks
Rmb
Ptm
Rpp
कपिलवस्तु । जग्गा कीर्ते तथा जालसाझी गरेको आरोपमा प्रहरीले कपिलवस्तुको चन्द्रौटाबाट दुई जना चौधरी र यादवलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नम्बर ११ थुन्हिया बस्ने कानुन तथा लेखापढी व्यवसायी समिति एकाइ चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र उनका सहयोगी रामप्रताप यादव पक्राउ रहेका छन् ।
अध्यक्ष कुर्मी र उनका सहयोगी यादवले साबिक वीरपुर गाविस-९ स्थित मुकेश यादवका नाममा रहेको जग्गा जग्गाधनी यादवलाई जानकारी नगराई नक्कली राजीनामा बनाएर ठगी गरेको आरोपमा वडा प्रहरी कार्यालय चन्द्रौटाले पक्राउ गरेको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका-११ बस्ने रेखा लोहारलाई जग्गाधनी मुकेश यादवको जग्गाबारे जानकारी नगराई राजनीमा तयार गरेर रकम असुल गरेका थिए । आरोपी कुर्मी चौधरीले पीडित लोहारलाई मालपोत कार्यालय चन्द्रौटामा लगेर जग्गाको मोठ भिडाएको नाटक गरी नक्कली राजीनामा तयार गरेका थिए ।
कुर्मी चौधरीले पीडित लोहारलाई जग्गा पास भएको भन्दै दुई दिनमा जग्गाधनी पुर्जा उपलब्ध गराउने बताएका थिए । कार्यालय समय सकिएकाले दुई दिनमा आफैँ पुर्जा लिएर आउने बताएका चौधरीले चार दिन बित्दासमेत पुर्जा नआएपछि आफू ठगिएको अनुभव भएको पीडित लोहारले बताइन् ।
पीडित लोहारले आफू ठगिएको पता लागेपछि वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएकी थिइन् । उजुरीपछि वडा प्रहरी कार्यालय चन्द्रौटाले चौधरी र यादवलाई पक्राउ गरेको हो ।
प्रहरीले मालपोत कार्यालय चन्द्रौटालाई पत्र पठाई राजीनामा स्वीकृत गर्ने अधिकारी हस्ताक्षरको वास्तविकता, जग्गाको स्रेस्ताको विवरण झिकाएको थियो । जवाफमा मालपोत कार्यालय चन्द्रौटाले मालपोतका अधिकारीको हस्ताक्षर नभएको, उक्त जग्गाको कीर्ते तथा जालसाझी गरी राजीनामा तयार गरिएकाले कानुनी कारबाहीका लागि पत्राचार गरिएको मालपोत कार्यालय चन्द्रौटाका प्रमुख लक्षमण चालिसेले बताए ।
त्यस्तै बिहीबार पक्राउ परेका चौधरी र यादवलाई थप अनुसन्धानका लागि जिल्ला अदालत कपिलवस्तुमा म्याद थपका लागि लगिएको छ । रासस
