शर्मिला थापा मगर/नुवाकोट शनिबार, बैशाख २३, २०८०

नुवाकोट । बैशाख पुर्णिमा बुद्ध जयन्ति उभाैलि पर्ब चण्डि पुर्णिमाका दिनदेखि जेष्ठ कृष्ण प्रतिपदाका दिनसम्म वर्षमा १ पटक हुने घाँटु जात्रा नुवाकोट जिल्लाकाे बिदुर नगरपालिका वडा नम्बर-५ माझिटार स्थित रक्तकालि मन्दिर परिसरमा मनाउदै आएकाे छ ।

यसैगरी नुवाकोट जिल्ला कै लिखूँ गाउँपालिका वडा नम्बर १ खानिगाउँमा मगर समूदायले घाँटु पर्व मनाउदै आइरहेका छन् । मानिसहरुमा विभिन्न राेग व्याधि लाग्ने मृत्युु समेत हुने,समयमा पानी नपर्ने जस्ता विभिन्न मानविय क्षतिकाे समस्यालाई न्युनिकरण गर्नका लागि घाँटु जात्रासंगै विभिन्न देविदेवताकाे पुजा आराधना गरि याे पर्व मनाउदै आएकाे स्थानीय समाजसेवी श्यामकाजि अर्यालले बताउनु भयाे ।त्यस्तै माझिटरामा भने याे पर्व २०७१ सालमा घाँटु पर्व मनाए पश्चात २०७२ सालमा भुकम्प गएसंगै घाँटु पर्व राेक्किएकाे थियाे । अविवाहित २ जना महिलालाई राजारानि बनाई नचाईने घाँटु पर्वकाे मूल विशेषता रहेकाे छ । नुवाकोट जिल्ला कै लिखूँ गाउपालिका-१ खानिगाउँमा मगर समूदायले मनाउदै आएकाे घाँटु पर्व बिगत ३०० वर्ष पुरानाे परम्परा रहेकाे जुन कुरा अहिलेसम्म निरन्तरता रहेकाे घाँटु पर्वका अगुवा गुण बहादुर थापा मगरले बताउनु भयाे । उक्त घाँटु पर्व बिदुर-५ माझिटारमा २ दिनसम्म मनाईन्छ भने बिदुर-१ खानिगाउँमा १ हप्तासम्म घाँटु नचाएर याे पर्व मनाईन्छ ।

यसैगरी मगर र गुरुङ समुदायमा विशेष सँस्कृति र परम्पराका रुपमा चलिआएको उक्त घाँटु परम्परा विभिन्न जिल्लामा विभिन्न समुदायले मनाउदै आएकाले यसकाे संरक्षण र ईतिहासलाई उचित संरक्षण र प्रबर्द्धन गर्नुपर्ने कुरा बिदुर-५ माझिटार नुवाकोटका सामाजिक अभियान्त राजकुमार अर्यालले बताउनु भयाे ।

त्यस्तै बिदुर-५ का स्थानीय युवा घाँटु संरक्षण समिति संयाेजक याेगेन्द्र अर्याल भन्नुहुन्छ ´´ विभिन्न संघ-संस्था र सहयाेगि दाता निकायसंग आर्थिक सहयाेग जुटाएर स्थानिय युवा र सराेकारवाला निकायकाे पहलमा भुकम्प पश्चात् पुन: घाँटु परम्परालाई निरन्तरता दिन थालिएको हाे ।“

स्थानीय तह अन्तर्गत बिदुर नगरपालिका वडा नम्बर-५ मा मनाउने घाँटु पर्वकाे संरक्षण र सम्वर्दनकाे लागि घाँटु पर्व मनाउने रक्तकालि मन्दिर परिसर मातहतकाे ७ राेपनि जग्गामा बारबन्देज, भाैतिक पुर्वाधार निर्माणका साथै आर्थिक सहयाेग गरिएकाे वडा अध्यक्ष लिलानाथ न्याैपानेले बताउनु भयाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]