
Lnp
Pbu
cjs
Djs
Srbpu
Pes
Sgr
Ses
Unsku
Gfs
Rgp
Rgp1
Ggp
pku

Rgu
Hal
Rgs
nsb
Ssm
Rgu
Rsb
Wsp
Ggd
Pvg
Sbs
Sls
Tsm
Asm
Bbu
Bbbpu
Ksm
Vor
Gst

sab
Abd
Mks
Rmb
bbt
Jmb
Bml
Syp
Ptm
Pls
Gsb
Jmb
Rpp
दाङ । नेपाललाई शान्ति क्षेत्र घोषणा गरीएको छ । भगवान शाक्यमुनि बुद्ध ई. पू. ६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट बैशाख शुक्लापूर्णिमाका दिन जन्मनु भएको हुदाँ बैशाख पूर्णिमाका दिनलाई कोषले विशेष महत्वका साथ बुद्ध जयन्तीका रुपमा मनाउदै आएको छ ।
सो अवशरमा आज घोराहीमा रहेको गुरुकुल एकेडेमीको प्रागनमा एक भव्य कार्यक्रमको बिचमा नेपाललाई शान्ति क्षेत्र घोषणा गरीएको हो । बिगतमा पनि नेपाललाईm शान्ति क्षेत्र घोषणा गरीएको र विश्वका अधिकांश मुलुकले समर्थन गरेकोमा बिबिध कारणले उक्त प्रकृया रोकिएको हुदा शान्ति क्षेत्रको रोकिएको प्रकृयालाई अग्रदुत गौतम बुद्धको २५६७औँ जन्मजयन्तिको अवसरमा नागरीक समाज दाङको अगुवाईमा गुरुकुल एकेडेमी दाङ,विपश्यना साधना केन्द्र दाङ,ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय दाङ र पतञ्जलि योग समिति दाङले नेपाल सरकारलाई शान्ति क्षेत्रको प्रस्ताव पुन. सुचारु गर्दै नेपाललाई शान्ति क्षेत्र घोषित गरीयोस भन्ने माग राखेकोमा सबैको एक्यबद्धता रहि आएको हुदा आज शान्ति क्षेत्रको घोषणा गरीएको हो ।
२५६७ औँ बुद्ध जयन्तिको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका सहायक आचार्य मेघराज आचार्यले गौतम बुद्धको महत्व बारे प्रष्ट पार्नुभएको थियो । साथै उँहाले शान्तिका अग्रदुत गौतम बुद्धको भुमिका र धर्म र शान्ति प्रति आस्था राख्नेले गौतम बुद्धलाई नै स्मरण गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा नागरीक समाज दाङका संयोजक केवि मसालले शान्ति क्षेत्र घोषित पत्र प्रस्तुत गर्नुभएको थियो भने उपस्थित सबैजनाले समर्थन गर्नुभएको थियो ।
त्यस्तै शान्ति क्षेत्र घोषणा कार्यक्रममा पतञ्जलि योग पिठका लुम्बिनि प्रदेश अध्यक्ष प्रेम शाह,ब्रह्मकुमारी गिता न्यौपाने, गुरुकुल एकेडेमीका प्रधानाध्यापक कृष्णराज डिसी, नागरीक समाज दाङका संयोजक केवि मसाल लयायतले शुभकामना मन्तब्य राख्नुभएको थियो भने गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेले बिद्यालयको बारेमा जानकारी गराउदै शुभकामना मन्तब्य सहित धन्यबाद ज्ञापन गर्नुभएको थियो । विपश्यना केन्द्र दाङका अध्यक्ष तथा साहित्यकार नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण गुरुकुल एकेडेमीका शिक्षक विवेक देवकोटाले गर्नुभएको थियो । शान्ति क्षेत्र घोषणा कार्यक्रम तथा २५६७ औँ बुद्ध जयन्तिका अवशरमा आयोजित कार्यक्रममा उपस्थित सबैजनाले गुरुकुल एकेडमीको अवलोकन समेत गर्नुभएको थियो ।
