
Pbu
Srbpu
Rgp1
Ggp
Lnp
Sgr
pku
Unsku
Rgp

Hal
Bbu
Rgs
Gst
Bbbpu
Rsb
Rgu
nsb
Tsm
Sls
Wsp
Vor
Ksm
Pvg
Ggd
Sbs
Ssm
Rgu
Asm

Jmb
Bml
bbt
Pls
Gsb
Rmb
Ptm
Syp
Mks
Abd
sab
Rpp
Jmb
दाङ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा चार दिने हेफर आधारशिला तालिम गढवा गाउँपालिका वडा नम्बर ७ मोतिपुरमा सुरु भएको छ।
सरस्वती उद्यमी महिला समूह मोतीपुरकी अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका ७ नम्बर वडाध्यक्ष राहुलदेव चौधरीको बिशिस्ट आतिथ्यमा सुरु भएको छ।
चार दिने हेफर आधारशिला तालिमलाई उद्घाटन गर्दै प्रमख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कृषि र पशु क्षेत्रलाई धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिएको बताउनुभयो। तरकारी उत्पादनमा मोतीपुरका सरस्वती महिला उद्यमी समूहले उत्कृष्ट कार्य गर्नेमा आफु आशावादी रहेको बताउदै कृषि र पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउन यो चार दिने हेफर आधारशिला तालिमले मुख्य भुमिका खेल्ने बताउनुभयो ।
त्यस्तै अनुदान जति वितरण गरे पनि सोचे जस्तो प्रवाभकारी नभएको भन्दै सबै किसानलाई समेट्ने गरी यो हेफर प्रोजेक्ट संग समन्वय गरेको बताउनु भयो । मोतीपुरका महिला उद्यमी समूहले तरकारी उत्पादनमा जोड दिनु पर्ने बताउदै साथै बजारी करणको समस्या हुन नदिन पालिकाको कृषि एम्बुलेन्सको व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको बताउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी तथा गढवा गाउँपालिका वडा नम्बर ७का वडाध्यक्ष राहुलदेव चौधरीले मोतीपुरमा तरकारी खेतीमा राम्रो सम्भावना रहेको भन्दै तरकारी उत्पादनमा लाग्न अनुरोध गर्नु भयो । तरकारी खेती समूहगत रूपमा मनग्गे गर्नुस् समस्या परे पालिका अध्यक्ष वडाध्यक्ष लाई भन्नुस् हामि साथ सहयोग गर्न प्रतिबद्ध छौ वडाध्यक्ष चौधरीले भन्नु भयो ।
आर्थिक समृद्धीका लागि साझेदारी कार्यक्रम भोकालाई एक छाक भोजन होईन,जिउने जुक्ति सिकाऔ भन्ने मुल नाराका प्रोजेक्ट सुरु गरिएको छ। गढवा गाउँपालिका,हेफर प्रोजेक्ट नेपालको लागत साझेदारीमा सञ्चालन हुने कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्धमशिलता विकास साझेदारी परियोजना गढवा गाउँपालिकाको ठुलो र गौरवको परियोजना भएको संयाेजक बसन्त कुमार शर्माले जानकारी दिनु भयो ।
यस्तै उदघाटन कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,७ नम्बर वडाध्यक्ष राहुलदेव चौधरी,वडा सदस्यहरु माया राम चौधरी, महेन्द्र प्रसाद चौधरी,परियोजना संयाेजक वसन्त कुमार शर्मा,सामुदायिक सहजकर्ता जया बिश्वकर्मा, इडिएफ संयोजक कैलाश चौधरी लगाएतको उपस्थिति रहेको थियोे । कार्यक्रमको सहजिकरण सामुदायिक सहजकर्ता जया बिश्वकर्माले गर्नु भएको थियो ।
