
cjs
Sgr
Pbu
Lnp
Srbpu
Ggp
Djs
Rgp
Ses
Unsku
Gfs
pku
Rgp1
Pes

Bbbpu
Rgs
Rgu
Tsm
Ksm
Sbs
Bbu
Hal
Asm
Rgu
Ggd
nsb
Vor
Rsb
Wsp
Gst
Ssm
Sls
Pvg

Gsb
sab
Jmb
Rpp
Bml
bbt
Rmb
Mks
Syp
Ptm
Pls
Abd
Jmb
दाङ । देउखुरीको कालाकाटे-सिक्टा हुलाकी सडक खण्ड अन्तर्गत राजपुर गाउँपालिकाको वडा नम्बर २ मटेरिया मिलनचौकदेखि पश्चिम् झर्नैया सोतादेखि पुर्वमा रोकिदै आएको सडक कालोपत्रे गर्ने कार्य यहीँ बैशाख २२ गतेदेखि सुचारु हुने भएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर -२ का वडा अध्यक्ष ओम प्रकाश यादवको पहलमा सम्बन्धित स्थानका दुबै पक्षका सम्बन्धित ब्यक्तीहरुलाई पत्राचार मार्फत आमन्त्रित गरि हुलाकी सडक इन्जिनिएर सुनिल कुमार गुप्ता,सव इन्जिनियर तुलसी यादव,कृष्ण खडका,कम्पनीका इन्जिनियर गोबिन्द आचार्य लगायतको उपस्थितिमा भएको बृहत छलफल पश्चात् हाल कायम रहेको बाटोको बिचबाट दायाँबायाँ गरि ७ मिटर कालोपत्रे गर्ने ,२/२ मिटर आधारपेटी गरि जम्मा ११ मिटर कायम गरिने र निकट भविष्यमा बाटो स्तरउन्नति गर्दा सडकको नक्साको केन्द्रबिन्दुबाट दुबैतर्फ आधार मानी निर्माण गर्ने भनि लिखित सहमती भएपछी लामोसमयदेखि रोकिएको उक्त स्थानको निर्माण कार्य सुचारु हुने भएको हो ।
नक्सा नम्बर मटेरिया १/क मिलनचौक कि. न. ७५३ देखि पश्चिम् कि. न. २५० देखि पुर्व सडकको चौडाई नक्सामा १६ मिटरदेखि बढिमा ३८ मिटरसम्म कायम रहेको भएपनि हाल बाटो उत्तरतर्फका जग्गा धनीहरुलाई असर पर्नेगरि कायम भएको देखिएकोले उत्तरतर्फका जग्गाधनिहरुले बाटोको जग्गा एकातिर छुटने र आफुहरुलाई मर्का पर्नेगरि बाटो निर्माण हुँदै गर्दा आफ्नो जग्गामा घर निर्माण गर्न समेत कठिन भएको हुँदा बाटोको नक्सातर्फ नै बाटो बिस्तार गर्नुपर्ने र घर निर्माण गर्दा सडक मापदण्ड अनुसार छोड्नु पर्ने २१ मिटर नाप गर्दा स्थलगतरुपमा नक्साको केन्द्रबिन्दु स्पष्ट हुनुपर्ने माग राख्दै आएका थिए भने बाटोको नक्सा क्षेत्रभित्र घर निर्माणगरि बसोबास गर्दै आएका घरधनीहरुले आफुहरुले घर निर्माण गरेर बसोबास गरिसकेको हुँदा बाटोको नक्सा अनुसार बाटो निर्माण गर्न नदिने अडान राख्दै आएका थिए ।
त्यस्तै उल्लेखित सहमति अनुसार उत्तरतर्फका जग्गाधनिहरुले नक्सामा रहेको सडकको केन्द्रबिन्दुबाट कम्तिमा २१ मिटर छोडेर आफ्नो स्थायी घर निर्माण गर्न सक्ने छन भने हाल कायम रहेको बाटोदेखि दक्षिण तर्फ सडक क्षेत्रभित्र घर निर्माणगरि बसोबास गरेका घरधनीहरुले आउँदो दिनमा बाटो स्तरउन्नति गर्दा कुनै प्रकारको बिबाद गर्न पाउने छैनन ।
