
Sgr
Pbu
Lnp
Unsku
Srbpu
Rgp1
pku
Rgp
Ggp

Ggd
Bbu
Rgu
Tsm
Wsp
Pvg
Rsb
Ssm
Sls
Rgs
Hal
Vor
Sbs
Asm
Ksm
nsb
Gst
Rgu
Bbbpu

Jmb
Pls
sab
Gsb
Syp
Ptm
Rpp
Mks
Abd
Jmb
bbt
Rmb
Bml
दाङ । बिनिता गाहा मगरलाई सरकारी सेवा गर्ने रहर छ तर त्यो रहर पूरा गर्न उहाँले लोकसेवाको तयारी गर्न थाल्नुभयो । किताव किन्नुभयो, पढ्न थाल्नुभयो तर किताव पढेर मात्रै हुँदो रहेनछ । अब उहाँले प्रत्यक्ष कक्षा लिने योजना बनाउनुभयो । त्यो योजना सफल भएको थिएन । स्थानीय सरकारले लोकसेवा तयारी कक्षा सञ्चालन गरेपछि उहाँलाई सहज भएको छ ।
‘कक्षा १२ पास गरेर स्नातक पढ्दैछु तर मलाई लोकसेवाप्रति पनि इच्छा हो’– उहाँले भन्नुभयो– ‘गाउँपालकाले कक्षा सञ्चालन गरेपछि नयाँ कुरा जान्न पाइयो ।’ राप्ती गाउँपालिकाले लोकसेवातर्फ रुची भएका अति विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरेर लोकसेवा तयारी कक्षा सञ्चालन गरेको हो । ‘आर्थिक अवस्था कमजोर भएकाले नियमित कक्षा लिन समेत सकेको थिइनँ’– बिनिताले भन्नुभयो– ‘गाउँपालिकाले नै कक्षा चलाएपछि सजिलो भयो ।
स्थानीय अनिल बेल्बासेको अवस्था पनि उस्तै छ । स्थानीय निजी विद्यालयमा पढाउँदै आउनुभएका अनिल पनि लोकसेवाको तयारीमा जुट्नु भएको छ । ‘जिल्ला सदरमुकाम जान सक्ने अवस्था थिएन । अहिले गाउँमै कक्षा चलेपछी स्कुल पनि पढाउदै, आफू पनि पढ्दै सजिलो भएको छ’– उहाँले भन्नुभयो– ‘लोकसेवाबाट नाम निकालेर देशको सेवा गर्ने मन छ ।’
राप्ती गाउँपालिकाले पालिका भित्र रहेकाहरु अध्ययनपश्चात् विभिन्न काम गर्दै आएका तर लोकसेवामा रुची भएका विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । युवा उमेरका विद्यार्थी तथा विभिन्न पेशामा आबद्ध रहेका नागरिकहरुमा सकारात्मक भावनाको विकास गराई इमानदार र प्रतिस्पर्धीका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो । जसले गर्दा तयारी कक्षाका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । पालिकाले खरिदार वा सो सरह पदको तयारीका लागि एक महिने निःशुल्क कक्षा सञ्चालन गरेको हो ।
आफ्नो पालिकामा आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । ‘जो पढ्न चाहन्छ, जसलाई आर्थिक अवस्थाले छेकेको छ । उहाँहरुको पहिचान गरेर कार्यक्रम गरेका छौं’– उहाँले भन्नुभयो– ‘लोकसेवामा जान चाहने थारु समुदाय, दलित तथा आदिवासी जनजाति समुदायका विद्यार्थीलाई बढी प्राथमिकतामा राखेका छौैं,अध्यक्ष विष्टले बताउनु भयो ।’
त्यस्तै कक्षा सञ्चालन अवधिभर पालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुख कर्मचारीहरूले नि:शुल्क रुपमा अध्यापन गराउने र कतिपय विषय विज्ञ बाहिरबाट आमन्त्रण गरिने बताइएको छ।कक्षा वैशाख २० गतेदेखि जेठ २० गतेसम्म पालिकाकाे सभाहल मसुरीयामा बेलुकी ५ बजेदेखि सञ्चालन हुनेछ। कक्षामा १३० जना विद्यार्थी सहभागी भएका छन् । अहिले पनि विभिन्न स्थानका लोकसेवा इन्स्टिच्युटहरुले २५ देखि ३० हजारसम्म मासिक शुल्क लिने गरेका छन् तर पालिकाले निःशुल्क पढाउन थालेपछि लोकसेवाको तयारीमा जुटेका विद्यार्थीहरुमा उत्साह थपिएको छ ।
