
Gfs
Sgr
pku
Ses
Pbu
Rgp1
Ggp
Rgp
Lnp
Djs
cjs
Srbpu
Pes
Unsku

Wsp
Vor
Ksm
Sls
Bbbpu
Sbs
Ggd
Hal
Rgu
Rsb
Gst
nsb
Rgu
Bbu
Tsm
Asm
Pvg
Rgs
Ssm

bbt
Jmb
Syp
Abd
Ptm
Bml
Mks
sab
Jmb
Pls
Rpp
Gsb
Rmb
प्यूठान । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा प्यूठानको नया नेतृत्व चयन भएको छ।
खंलगामा भएको १८ औं साधारण सभा तथा ५ औं अधिबेशनबाट धुरव कुमार थापाको अध्यक्षतामा १८ सदस्य रहेको जिल्ला कार्यसमिति निर्वाचित भएको हो। अधिबेशनले उपाध्यक्षमा नारायणी जिसी,सचिव छमा श्रेष्ठ,कोषाध्यक्ष केशव बि.क चयन भएका छन् । यस्तै सदस्यमा दामोदर शर्मा,नर्मदा अधिकारी, तुल्सा सुबेदी,लोकेन्द्र सुनार,लक्ष्मि मल्ल,दिपा पुन, रुमान सिह कुवँर,तारा पुरी,लक्ष्मि पोख्रेल,यम बहादुर पुन,मञ्जु महतरा,सुर्य ब सार्की छन् । २ सदस्य माण्डवी गाउँपालिकाबाट मनोनयन गरीने संस्थाले जनाएको छ ।
त्यस्तै अधिबेशनबाट न्यायिक समितिको संयोजकमा कमला ज्ञवाली,सदस्यमा जिबराज भण्डारी, मिना गिरी निर्वाचित भएका छन् भने लेखा तथा अनुगमन समितिको संयोजकमा बिक्रम केसी,सदस्यमा शुसिला अधिकारी,खिम बहादुर बि.क चयन भएका छन् ।सामुदायिक बन उपभोक्ता महासंघ प्यूठानका स्थानीय समिति मल्लरानी गाउँपालिका,ऐरावती गाउँपालिकालाई उत्कृष्ट काम गरेको भन्दै सम्मान पनि गरेको छ । संस्थाका सचिव छमा श्रेष्ठले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाध्यक्ष नारायणी जिसीले प्रस्तुत गरेको लेखा प्रतिबेदन छलफल सहित अनुमोदन गरिएको थियो ।
कार्यक्रमलाई संवोधन गर्दै सामुदायिक बन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य डिलाराम पौडेलले सबै किसिमका जडिबुटी पाइने नेपालको वन क्षेत्रको बिकास गर्नु पर्ने बताएकाछन् । उनले वन क्षेत्रलाई व्यवस्थित गर्न सरकार उदासिन रहेको बताउदै सामुदायिक बनको समस्या नबुझेको बताए ।
