
Gfs
Rgp
Pes
pku
Ses
Djs
Unsku
cjs
Rgp1
Ggp
Pbu
Sgr
Srbpu
Lnp

Bbu
Rsb
Bbbpu
Vor
Hal
Gst
Sls
Rgu
Asm
Ksm
Ggd
Sbs
Tsm
Rgu
Pvg
nsb
Wsp
Rgs
Ssm

Jmb
Mks
Gsb
sab
Syp
bbt
Bml
Abd
Rmb
Jmb
Rpp
Ptm
Pls
दाङ । सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले देशका सबै पालिकामा विपद पूर्व तयारी हुनुपर्ने बताएका छन् । गृहमन्त्रालयको आयोजनामा दाङको तुलसीपुरमा भएको विपद पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले त्यस्तो बताउनु भएको हो ।
विपदको पुर्व तयारी गरेर सम्भावित घटनालाई न्यूनिकरण गर्न सकिने उहाँको भनाई छ ।“विपदको पूर्व तयारी कार्यक्रम सबै पालिकाले गर्नुपर्छ”,उहाँले भन्नु भयो । त्यसो गर्दा सम्भावित जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ ।” विगतमा पनि पूर्व तयारी नहुँदा पनि धेरै जनाको मृत्यु भएको इतिहास रहेको मन्त्री शर्माको भनाई रहेको छ ।
भूकम्प, बाढी पहिरोलगायतका विपद्ले नेपालमा धेरै मानविय तथा धनजनको क्षति भएको भन्दै यसकालागि पूर्व तयारी आबश्यक रहेको मन्त्री शर्माको भनाई छ । त्यस्तै भौतिक संरचनाले गर्दा पनि धेरैको क्षति हुने गरेको उहाँको भनाई छ ।“जस्तै भुकम्प आएमा भुकम्पले क्षति हुने रहेनछ्,हाम्रा संरचना भुकम्पका कारण भत्किदा क्षति हुदो रहेछ’, उहाँले भन्नु भयो“त्यसैले संरचना निर्माणमा पनि ध्यान दिनुपर्ने उहाँले जोड दिनु भयो ।”
उहाँले जनप्रतिनिधि,समाजका अगुवाहरुले पूर्व तयारीका कुराहरु सिक्नु पर्ने बताउनु भयो । “जनप्रतिनिधि,समाजका अगुवाहरुले विपद पूर्व तयारीका कुराहरुमा जानकारी भएमा विपद् हुँदा उद्दारमा धेरै सहज हुन्छ”,उहाँले भन्नू भयो “यसमा ख्याल गर्नुपर्छ, विपदको पूर्व तयारी नहुँदा उद्दार फितलो हुन्छ ।” साथै उहाँले विपदमा सबै एक जुट हुनुपर्ने समेत बताउनु भयो ।
त्यसैगरी मन्त्री शर्माले दाङमा सबै खालका विपदहरु हुने समेत बताउनु भएको छ । पहाड र तराईको भू-भाग दाङमा पर्ने भएकाले पनि सबै खाले विपदहरु दाङमा हुने उहाँको भनाई रहेकोे थियो ।
