
Unsku
pku
Rgp
Djs
Lnp
Gfs
Ses
cjs
Ggp
Pbu
Rgp1
Pes
Sgr
Srbpu

Tsm
Ksm
Rgu
Wsp
Bbu
Hal
Asm
nsb
Vor
Rgu
Pvg
Bbbpu
Ssm
Sls
Rgs
Ggd
Sbs
Gst
Rsb

Jmb
Syp
Rpp
bbt
Abd
Pls
Bml
Rmb
Gsb
Ptm
Jmb
Mks
sab
दाङ । दाङ निर्माण व्यवसायी संघको अध्यक्षमा प्रविण कुमार भण्डारी निर्वाचित हुनुभएको छ । संघको आज भएको चुनावमा व्यवसायिक प्यालनबाट अध्यक्ष पदका उम्मेद्वार बन्नुभएका निवर्तमान अध्यक्ष ईश्वर पुनलाई पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
भण्डारीले पुनलाई १२ मतले पराजित गर्दै अध्यक्ष पदमा जित निकाल्नु भएको हो । भण्डारीले ७२ मत प्राप्त गर्दा उहाँका निकटम प्रतिस्पर्धी पुनले ६० मत मात्रै प्राप्त गर्नु भएको थियो । यस्तै वरिष्ठ उपध्यक्ष सोकबहादुर रोका निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिस्पर्धि सुरेश पोख्रेललाई १३ मतले पछि पार्दै रोका निर्वाचित हुनु भएको हो । रोकाले ६७ मत प्राप्त गर्दा पोख्रेलले ५४ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै प्रथम उपाध्यक्षमा लेखराज वलीले ६९ मत प्राप्त गर्दै जित निकाल्नु भएको छ । उहाँका प्रतिस्पर्धि गोपालप्रसाद घिमिरेले ५३ मत प्राप्त गर्दै पराजित हुनु भएको हो । महासचिवमा मिनबहादुर घर्ति ५५ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको छ भने उहाँका प्रतिस्पर्धी सुदन केसीले २१ र उमाकान्त घिमिरेले ३९ मत पाउनु भएको थियो । सचिवमा मदनकुमार आचार्य र सहकोषाध्यक्षमा प्रकाश केसी विजयी हुनुभएको छ । आचार्यले ७३ मत र केसीले ६८ मत प्राप्त गर्दै जित निकाल्नु भएको हो । सचिवका प्रतिस्पर्धी कमल कुमाकीले ४८ र भक्तबहादुर बुढा मगरले ४३ मत प्राप्त गर्दै पराजित हुनुभएको हो ।
यस्तै कोषाध्यक्ष र द्वितीय उपाध्यक्ष निर्विरोध निर्वाचित भएपनि बाकी पदका लागि मात्रै चुनाव भएको थियो । कोषाध्यक्षमा सुर्दशन श्रेष्ठ र द्वितीय उपाध्यक्ष कृष्ण खड्का निर्विरोध निर्वाचित भैसक्नु भएको छ । त्यस्तै सदस्यहरुमा प्रकाश महतरा, शभ्भु विसी, राजेन्द्र श्रेष्ठ, प्रमोदकुमार योगी, रामजंग मल्ल, बसन्त गिरी, प्रदिपकुमार केसी र नरेन्द्र कार्की निर्वाचित भएको निर्वाचन समितीका संयोजक कुलबहादुर डाँगीले जानकारी दिनुभएको छ ।
