
Ses
Djs
Rgp1
Unsku
Srbpu
Sgr
pku
Lnp
cjs
Pbu
Gfs
Pes
Ggp
Rgp

Vor
Rgu
Rgu
Ksm
Ssm
Hal
Ggd
Asm
Bbu
Wsp
Bbbpu
Rgs
Pvg
Rsb
nsb
Sbs
Tsm
Sls
Gst

Bml
Rmb
bbt
Pls
Ptm
Abd
Gsb
sab
Syp
Mks
Rpp
Jmb
Jmb
दाङ । गढवा गाउँपालिकाले गाई,भैसीलाई खुवाउने घाँस (चारा) काट्ने च्यापकटर मेसिन कृषकहरुलाई प्रदान गरेको छ ।
पालिकाको पशु विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अन्तर्गतका दश जना व्यवसायीक रुपमा पशु पालन गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ति मेसिन उपलब्ध गराएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।
व्यवसायीक रुपमा पशु पालन गर्ने कृषकलाई यो चारा काट्ने मेसिनले थप सहयोग पुर्याउने हामीले विश्वास लिएका छौं’- अध्यक्ष पोख्रेलले भन्नु भयो । उहाँले भन्नु भयो ‘यति मात्र होइन,यस पालिकामा रहनु भएका कृषकहरुको हक हितका लागि पनि पालिकाले स्तरीय कार्यक्रम ल्याएको छ जो उहाँहरुको हितमा छ।
त्यस्तै उपाध्यक्ष शारदा कुमारी चौधरीले आधुनिक समयको पहिचान गरेर कृषि पेशालाई अंगाल्नु पर्ने कुरामा जोड दिनु भयो। कृषि पेशाबाट पनि थुप्रै कृषकले आफ्नो आय स्तरलाई बलियो बनाएको थुप्रै उदाहरण भएको बताउदै कृषकलाई प्राविधिक कुराको पनि ज्ञान हुनु आवश्यक भएको बताउनु भयो ।
पचास प्रतिशत अनुदानमा च्यापकटर मेसिन पाएपछि कृषकहरु खुशी भएका छन् । पशु पालक कृषकहरुलाई यो च्यापकटर मेसिनले सहज हुने उनीहरुको विश्वास छ । चारा काट्ने च्यापकटर मेसिन प्राप्त गर्ने कृषकमा गढवा गाउँपालिका वडा नम्बर ४ का कैलास चौधरी, ६ का ओम प्रकाश यादव र मिनावती, १ का शिव थापा, ४ का प्रभात न्यौपाने, ६ का प्रभावती यादव, कामेश्वर यादव, गिता कुमारी यादव, ३ का राम गोपाल यादव, २ का मिन्तीराम लोध रहेका छन् ।
च्यापकटर हस्तान्तरण कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, विभिन्न वडाका वडाध्यक्षहरु, लेखा शाखाका प्रमुख सम्भुराज आचार्य, पशु विकास शाखाका प्रमुख अन्नतराज रेग्मी लगायतको उपस्थितिमा च्यापकटर मेसिन कृषकलाई प्रदान गरिएको थियो ।
