
Pbu
Djs
Lnp
Gfs
Ggp
Pes
pku
Srbpu
Sgr
Rgp
cjs
Ses
Rgp1
Unsku

Ggd
Ssm
Bbu
Hal
Sls
Bbbpu
Rsb
Vor
Rgs
Rgu
Rgu
Asm
Wsp
Sbs
nsb
Pvg
Tsm
Gst
Ksm

Jmb
Pls
Abd
Ptm
sab
Bml
Rpp
Syp
Mks
bbt
Rmb
Jmb
Gsb
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ बाट प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट प्रहरी सहायक निरीक्षक सुमान सिंह थापाको कमाण्डमा खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा लत्ताकपडा बरामद गरेको हो ।
त्यस्तै प्रहरीले थान कपडा ३३ मिटर, थानको कपडा ९६ मिटर, कुर्ता सुरवाल १२० पिस, साडी ४९ पिस, कलर टिसर्ट ४४० पिस, सादा टिसर्ट ८२४ पिस र लेडिज टप्स ६६ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार बरामद गरिएको लत्ताकपडाको अन्दाजी मूल्य रु. ९,४६,९४० रहेको छ । अहिले उक्त कपडा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाइएको र अवैध कपडा ओसारपसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य आवश्यक अनुसन्धान भइरहेको डीएसपी पाण्डेले जानकारी दिए ।
