
Ggp
Djs
sbs
pku
Pbu
Rgp1
Rgp
Unsku
Sgr
cjs
Srbpu
Pes
Gfs
Lnp

Tsm
Ssm
Bbbpu
Rgu
Gst
Sls
Rgu
Ksm
Bbu
Wsp
Asm
Vor
Ggd
Rsb
Hal
Pvg
Rgs
nsb
Sbs

Syp
sab
Mks
Gsb
Rmb
Jmb
Bml
Pls
bbt
Abd
Rpp
Jmb
Ptm
दाङ । लुम्बिनी प्रदेश स्तरीय स्वास्थ्य निर्देशनालयको आयोजनामा औंलो दिवस २०८० को शून्य औंलो अबको थालनी,नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नाराका साथ मंगलबार विश्व औंलो दिवस दाङको भालुबाङमा मनाइएको छ ।
२०२२ देखि २०२५ सम्म अर्थात आगामी तीन वर्ष भित्र औंलो निवारण गर्ने सरकारको लक्ष्य रहेको छ।औंलो निवारणका लागि स्थानीय औंलो बिरामीको संख्या शून्य हुनुपर्छ। तर शून्यमा झार्ने सरकारको यो लक्ष्य निकै चुनौतीपूर्ण देखिन्छ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सरकार सन् २०२२ देखि २०२५ सम्ममा औलोका बिरामी शुल्यमा झार्ने लक्ष्य अनुरुप अगाडी बढेको छ । तर लुम्बिनी प्रदेशमा छिमेकी देशबाट आयातीत औलोको बिरामीको संख्या भने घट्न सकेको छैन । स्थानीय औलोका बिरामीको संख्या घटेपनि भारतबाट आयातीय औलोको बिरामीको संख्यालाई कम गर्न चुनौती रहेको लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. बिनोद कुमार गिरीले बताए । यस आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ सय ४० जना औलाको बिरामी मध्ये ८ जना मात्र स्थानीय औलो बिरामीको संख्या रहेको डा. गिरीले बताए । डा. गिरी भने १ सय ३२ जना खुल्ला सिमाबाट प्रवेश गरेका बिरामी रहेका छन् ।
त्यस्तै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रामजन्म कुर्मीले सन् २०२५ सम्म औलो बिरामीको संख्या शुन्यमा झार्ने लक्ष्यका साथ अगाडी बढेको बताए । औलोका कारण नेपालमा सन् २०१६ मा २४ जनाको मृत्यु भएको थियो भने सन् २०२१ मा १ जनाको मात्र मृत्यु भएको थियो । त्यसपछि हालसम्म औलोका कारण कुनै पनि बिरामीको मृत्यु भएको छैन । ‘नेपालमा औंलोबाट हुने मृत्य शुन्यमा झारेका छौं’ निमित्त निर्देशक कुर्मीले भने ‘आगामी तीन वर्ष भित्र औलो बिरामीको संख्यालाई पनि शुन्यमा झार्नेछौं ।’
यसैगरी लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै १ सय ४० जना औंलोका बिरामी रहेको निर्देशनालयका फोकल पर्सन खिमलाल पाण्डेले बताए । उनका अनुसार
आ.व. २०७९/०८०मा लुम्बिनी प्रदेशमा औंलोको बिरामी सबैभन्दा धेरै भेटिएको छ । जिल्लाको हकमा सबै भन्दाधेरै बाँकेमा ९३ जना औंलोका बिरामी रहेका छन् । ‘नरैनापुर औलाका बिरामीको संख्या अनुसार उच्च जोखीममा रहेको छ’ पाण्डेले भने ‘वडा नं ३ लाई उच्च जोखिममा राखेर यसको निवारणमा लागेका छौं ।’
औंलो रोग विशेषगरी एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने निर्देशनालय जनाएको छ । नेपालमा मुख्यगरी औंलोको दुई किसिमका परजीविहरु पाइने गरेको छ। ती हुन्, प्लाज्मोडियम फाल्सिपारम र प्लाज्मोडियम भाइसेक्स। यी दुईमध्ये प्लाज्मोडियम फाल्सिपारमले गराउने औलो रोड बढी जटिल र जोखिमयुक्त हुन्छ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले पालिका र स्थानिय तहमा तथ्याङ्क संकलन एवं निवारणका लागि १०९ पालिकामा औंलो निवारण समिति गठन गरि २०२५ सम्म शुन्य बनाउने योजना बनाएको छ ।
त्यस्तैगरि कार्यक्रममा नेपाल पत्रकार महा संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य,बरिस्ठ पत्रकार केपि घिमिरे,नेपाल पत्रकार महा संघका निवर्तमान जिल्ला उपाध्यक्ष लिला शाह,पत्रकार महासंघ दाङ जिल्लाका सह-सचिव दशरथ घिमिरे,लुम्बिनी प्रदेश स्वास्थ्य पत्रकार संघका बाशुदेव न्यौपाने,पत्रकार महेश रिजाल लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा अन्य पत्रकारहरुको उपस्थित रहेको थियो । सो कार्याक्रम औंलो निबारण निर्देशक बिष्णु प्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न भएको छ ।
