दिपक ओली/घोराही शनिबार, बैशाख ०९, २०८०

दाङ । घोराही १५ रतरपुरमा संचालित गुरुकुल एकेडेमिका कक्षा १० का बिद्यार्थिहरु दिक्षित भएका छन् । विद्यालयबा २०७९ सालको एसइई परीक्षामा सम्मिलित भएका विद्यार्थिहरुलाई दिक्षित गरीएको हो ।

विद्यालयको प्रांगनमा आज शनिवार एक कार्यक्रम गरी दिक्षान्त कार्यक्रम सम्पन्न गरीएको हो । विद्यालयका चौथो ब्याचका विद्यार्थिहरुलाई दिक्षित गरीएको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताउनु भयो । नेपाल पत्रकार महासंघ दाङ शाखाका संस्थापक अध्यक्ष तथा साहित्यकार नाराएण प्रशाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो दिक्षान्त समारोहमा गुरुकुल एकेडमिमा कक्षा १० का ४२ जना बिद्यार्थीहरु दिक्षित भएका छन् ।

त्यस्तै सो अवसरमा प्रमुख अतिथिले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुका साथै शिक्षा प्रणाली र अवसरहरुको बारेमा मन्तव्य राख्नुभएको थियो । उँहाले गुरुकुलले प्रदान गर्ने शिक्षाले हरेक अभिभावकले आफ्ना बालबालिकाको पढाई र शिक्षा प्रति निकै सन्तुष्ट भएको बताउनु भयो । शिक्षा संस्कार र संस्कृति भन्ने मुल नारा र पुर्ण मानव श्रृजना गर्ने उद्धेश्यका साथ संचालनमा आएको गुरुकुल एकेडेमिले सुरुवाति बर्ष देखि नै राम्रो नतिजा हासिल गर्दै आएको भन्दै गुरुकुल एकेडेमी प्रति खुसि ब्यक्त गर्नु भयो ।

साथै आज दिक्षित हुने सम्पुर्ण विद्यार्थिहरुलाई उच्च शिक्षाको लागि शुभकामना ब्यक्त गर्दै एसइई पछि कक्षा ११को गन्तब्य पनि गुरुकुलनै बनाउन सके ।विद्यार्थिहरुको ब्यक्तिक्त्व विकाससंगै देशका विभिन्न ठुला शहरका कलेजहरुमा पाउने शिक्षा गुरुकुलमै पाउने सल्लाह पनि दिनुभयो । दिक्षान्त कार्यक्रममा विद्यार्थि छात्रा एजिना अधिकारीले गुरुकुलमा अध्ययण गर्दाको अनुभव र त्यँहा सिकेको विभिन्न अतिरीक्त कृयाकलापको बारेमा प्रस्ट पार्दै आफ्नो भनाई राख्नुभएको थियो र अन्य विद्यार्थिहरुलाई पनि गुरुकुलमा अध्यन गर्न पनि सुझाउनु भयो । यस्तै अभिभावक फनिराज पोख्रेलले शैक्षिक क्षेत्रमा गुरुकुल एकेडेमिको जस्तो राम्रो बातावरण अन्य विद्यालयमा आफुले अनुभव नगरेको बताउनुभयो ।

गुरुकुलले अहिले जुन पद्धतिबाट शिक्षण सिकाई कृयाकलाप गरीरहेको छ त्यो एकदमै राम्रो भएको हुँदा आगामि दिनमा अझै सफलताको शुभकामना समेत दिनु भएको थियो । विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसिले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा भएको दिक्षित कार्यक्रममा विद्यालय संयोजक महेन्द्र पौडेलले स्वागत मन्तब्य दिनु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक विवेक देवकोटाले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]