
Ses
Sgr
Rgp
Gfs
Srbpu
Pes
Pbu
cjs
Rgp1
Ggp
Djs
Unsku
Lnp
pku

Hal
Wsp
Ggd
Rsb
Rgs
Ssm
Bbu
Asm
Rgu
Sls
Tsm
Gst
Bbbpu
Rgu
Sbs
nsb
Vor
Ksm
Pvg

Ptm
Jmb
Rpp
Mks
Syp
Bml
bbt
Pls
sab
Jmb
Rmb
Abd
Gsb
धनगढी । धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ, ५ जना घाइते भएका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर ५ को गेटास्थित ट्राफिक पोष्ट नजिकै महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको बा १५ च ४६३७ नम्बरको गाडी शनिबार दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले दुर्घटनामा गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका – ११ बेला बस्ने ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको बताए । उनका अनुसार भट्टको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चालक दार्चुलाको शैल्यशिखर नगरपालिका -२ का ४२ वर्षीय तेजबहादुर पाल र कारमा सवारहरु धनगढी उपमहानगरपालिका-६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, ४८ वर्षीय बसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र अनुखाण चन्द घाइते छन् ।
त्यस्तै उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको डीएसपी चन्दले बताए । भारतको हरिद्वार दर्शन गरेर फर्किरहेका तीर्थ यात्री सवार गाडी तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
