
pku
Ses
Sgr
Lnp
Gfs
Unsku
Pes
Rgp
Pbu
Djs
cjs
Srbpu
Rgp1
Ggp

Sls
Bbbpu
Vor
Wsp
Pvg
Ssm
Bbu
Tsm
Rsb
nsb
Asm
Gst
Rgs
Ggd
Ksm
Hal
Sbs
Rgu
Rgu

Gsb
Syp
Abd
sab
bbt
Rpp
Ptm
Mks
Rmb
Jmb
Jmb
Bml
Pls
बाँके । नेपालगन्जको न्युरोड धम्बोझी,आदर्शनगर चोक टाङ्गा स्टिसन लगायत आसपासका होटेलहरुसंग कन्ट्याक्ट्मा रुम लिने र सडक छेउमा ग्राहकसंग बार्गेनिङ गर्दै यौनजन्य गतिबिधी गर्दै आएका केही दृश्यहरु साँझ पख देख्न सकिन्छ । सडक पेटिमा ग्राहक खोज्दै र बार्गेनिङ गर्ने यौनजन्य क्रियाकलापमा संलग्न युवतिहरु सक्रिय रहने गरेको छ ।
नेपालगन्जका एक जना स्थानियले नाम उल्लेख नगर्ने सर्तमा बाँकेको नेपालगञ्ज स्थित जिल्ला प्रशासन कार्यालय बाँकेको गेट नजिकै टाङ्गा स्टिशन चोकमा रहेको एक होटलमा खुलेआम यौनजन्य व्यवसाय भइरहेको र जिल्ला प्रहरी कार्यालय बाँकेको गेट अगाडि यस्तो गतिविधि भइरहेको खबर बाँके प्रहरीलाई थाहा हुँदा समेत कुनै एक्सन नलिएको उनले गुनासो गरेका छन् ।
त्यस्तै नागरिकहरुबाट व्यापक जनगुनासो आएपछि पत्रकारहरुको टिमले स्टिङ्ग अप्रेसन गरेको छ । पत्रकारहरु होटलमा ग्राहक बनेर नेपालगन्जको आसपास क्षेत्रको होटलहरुमा यौनजन्य गतिविधि गर्दै आएको दृश्य फेला पारेको हो । पत्रकारहरुले होटल संचालक र युबतीहरुलाई प्रहरी आए भने पक्राउ गर्छ नि भन्ने प्रश्नमा हामीले प्रहरीलाई महिना वारि पैसा दिन्छम भन्दै निर्धक्कसंग पत्रकारहरुसंग कुरा गर्दै भित्र जान प्रस्ताव समेत गरे ।
उसो त बाँकेको नेपालगन्जमा मात्रै यौनजन्य क्रियाकलाप मौलाएको भने होईन,बाँकेकै राझाँ र कोहलपुर समेत यौनजन्य गतिविधिको लागि चर्चित छ । कोहलपुर भने यौनजन्य क्रियाकलापको लागि अझ सुरक्षित रुपमा हेर्ने गरेको धेरैको जिकिर छ । कोहलपुर नजिक रहेका होमस्टे तथा होटेलहरुमा निर्वाध रुपमा यौनजन्य क्रियाकलाप हुने गरेको धेरैले बताउदै आएका छन् ।
यस्तो यौनजन्य गतिविधिको लागि होटल सञ्चालककै पहिलो भूमिका रहेको देखिएको छ । युवतीहरु होटल सञ्चलककै सम्पर्कमा हुने र ग्राहकहरु आए पछि होटल सञ्चालकले बोलाइदिने स्रोतले जानकारी दिएको छ । यस्तो क्रियाकलाप गरे बापत रु १,५०० देखि रु ५,००० हजारसम्मको बार्गेनिङ हुने स्रोतले बताएको छ । यसमा १७ वर्ष देखि ३० वर्षसम्म कि युवतीहरुको बढी संलग्नता रहेको पाइएको छ ।
समय र सुचना तथा प्रविधिको विकाससंगै यौन ब्यवसाय र त्यसको बार्गेनिङ अनि सेटिङमा समेत ठूलो परिवर्तन आएको छ । विभिन्न सामाजिक संजाल,फोन सम्पर्क तथा विभिन्न च्याट प्लेटफर्म मार्फत मोलमोलाइ हुने र स्थान समेत निर्धारण गर्ने गर्दै आएको कारण प्रहरी तथा प्रशासन उनिहरुको क्रियाकलापसम्म पुग्न सकेका छैनन् भने कतिपय अवस्थामा प्रहरीकै संलग्न वा प्रहरीको संरक्षण रहने समेत प्रहरीलाई आरोप लाग्दै आएको छ ।
यस विषयमा जिल्ला देखि वडा सम्माका सामान्य प्रहरी अधिकारिलाई जानकारी हुँदा समेत कुनै एक्सन नलिँदा प्रहरी माथी प्रश्न चिन्ह उठेको छ । यस बारेमा जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठौरलाई फोन सम्पर्क गर्दा फोन भरी उठेन ।
