
pku
Srbpu
cjs
Rgp1
Rgp
Djs
Ggp
Lnp
Ses
Pes
Sgr
Pbu
Unsku
Gfs

Ksm
nsb
Gst
Asm
Ggd
Rgu
Wsp
Rgs
Ssm
Hal
Sbs
Pvg
Bbbpu
Sls
Tsm
Rgu
Bbu
Vor
Rsb

Jmb
Abd
Mks
Gsb
Rmb
Pls
Syp
Rpp
Ptm
Bml
bbt
sab
Jmb
काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका १३ जना डीआईजीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा बिहिबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्रीको बुधबारको निर्णयअनुसार एसएसपीबाट डीआईजीमा पदोन्नति भएका कुबेर कडायत,केदार ढकाल, विष्णुकुमार केसी,भरत बहादुर बोहरा,रवीन्द्र केसी,राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ,जनक भट्टराई,लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैदानी,अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाललाई प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
उक्त समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका डीआईजीहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।
समारोहमा पदोन्नति भएका डीआईजीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै डीआईजी कुबेर कडायतले पदोन्नतिको अवसर प्रदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै ऐन,कानुन,नियम, नियमावली,निर्देशन तथा आफ्नो क्षमता र विवेकले भ्याएसम्म संगठनको श्रीवृद्धिमा समर्पित भई काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू,प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
