
Ses
Rgp
Djs
Srbpu
Sgr
Unsku
Pbu
cjs
Pes
Rgp1
Gfs
Ggp
Lnp
pku

Pvg
Ggd
Vor
Bbbpu
Ksm
Rgu
Sls
Sbs
Tsm
Rsb
Bbu
nsb
Hal
Rgs
Wsp
Ssm
Asm
Rgu
Gst

Jmb
Gsb
Pls
Ptm
Bml
Syp
bbt
Mks
sab
Rmb
Rpp
Abd
Jmb
दाङ । प्रहरीले महिलालाई जवरजस्ती यौन धन्दामा लगाएको आरोपमा होटल संचालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ५ स्थीत बि.एन.बी. होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय नुमराज भुसाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनु भयो ।
कामको खोजीमा पुगेका दुई महिलालाई विभिन्न आर्थिक प्रलोभन देखाएर यौनधन्दामा लाग्न वाध्य बनाउने गरेको प्रहरी नायव उपरीक्षक गौतमले बताउनु भयो ।
आर्थिक प्रलोभन देखाएर होटल संचालकले महिलालाई परपुरुषसँग यौन सम्बन्ध राख्न लगाउने गरेको पीडित उजुरी परेपछि पक्राउ गरेका छौ’,प्रहरी नायव उपरीक्षक गौतमले भन्नु भयो । महिलाहरूले अस्वीकार गरे डर, त्रास देखाउँदै यौन क्रियाकलापमा संलग्न हुन बाध्य गराउने गरेको भन्ने आरोप छ । घटनाबारेमा अनुसन्धान भैरहेको छ ।’ प्रहरीका अनुसार होटेल संचालक भुसालले ग्राहक होटेलमा आएको समयमा महिलालाई फोन गरेर बोलाएर यौन व्यवसायमा लगाउने गरेको पाइएको छ ।
त्यस्तै होटल संचालकले गत मंसिरदेखि चैत्र २७ गतेसम्म होटलमा काम गर्दै आएका महिलाइ यौन धन्दामा लगाएको खुलेको छ । वैशाख १ गते पक्राउ परेका होटल संचालकलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत दाङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
