
Srbpu
Djs
Sgr
Gfs
Pbu
cjs
Ggp
Pes
Rgp1
Ses
Unsku
Rgp
Lnp
pku

Rsb
Vor
Pvg
Sls
Ssm
Rgu
Bbu
Wsp
Gst
Ksm
Rgu
Hal
Bbbpu
Rgs
Tsm
Asm
nsb
Sbs
Ggd

sab
Bml
Mks
Syp
Jmb
bbt
Abd
Ptm
Jmb
Gsb
Rmb
Pls
Rpp
दाङ । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेशको अध्यक्षमा पुन:कर्मलाल परियार(रोल्पा) सर्वसम्मत रुपमा चयन हुनु भएको छ।
बुधबार दाङको मसुरीयामा सम्पन्न भएको दोस्रो सम्मेलनले परियारकाे अध्यक्षतामा उनान्सय सदस्य नयाँ कार्य समिति चयन गरेकाे हाे । जसकाे बरिष्ठ उपाध्यक्षमा पुरुषोत्तम बराईली(प्युठान),उपाध्यक्षमा आशा बि.क(पुर्बी रुकुम),सचिवमा दुर्गा बहादुर विश्वकर्मा(बर्दिया), सह सचीवमा बसन्त नेपाली (दाङ्ग) र कोषाध्यक्षमा विष्णु परियार(अर्घाखाँची) रहनु भएको छ।
सम्मेलन नेपाल दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष कर्मलाल परियारको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष तथा पुर्व सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । उक्त सम्मेलनलाई सम्बाेधन गर्दै प्रमुख अतिथि महराले सामन्तवादकाे अन्त्य भए मात्रै जातिय विभेदकाे अन्त्य हुने जिकिर गर्दै अझै पनि कतिपय ठाउँहरुमा जातिय विभेद कायमै रहेकोले त्यसको अन्त्यका लागि संघर्ष गर्न आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै उहाँले माओवादी पार्टीका कार्यकर्ताहरू जनता मुखी नभई नेता मुखी हुनाले संगठन बिग्रेकाे बताउँदै बिग्रेको संगठनलाई सुर्धान जनता माझ जानुपर्ने अवस्था आएको बताउनु भयो । यसै बीच फरक प्रसंगमा महराले अहिलेको सरकार यथास्थितिमा सञ्चालन हुने र बिग्रेको अर्थतन्त्रलाई सुधार गर्दै लैजाने बताउनु भएको छ ।
सम्मेलनलाई नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष दलजित सेर्पाइली, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सेर्पाइली, मोर्चाका केन्द्रीय सह-इन्चार्ज परशुराम रम्तेल लगायतले सम्बाेधन गर्नु भएको थियोे। हिरा विकको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन अडिग विकले गर्नु भएको थियोे ।
