
Djs
Ggp
Sgr
Rgp1
Pbu
Rgp
Pes
Srbpu
pku
Gfs
Unsku
cjs
Ses
Lnp

Wsp
Rgs
Ssm
nsb
Sbs
Asm
Rsb
Pvg
Sls
Ksm
Ggd
Rgu
Vor
Gst
Rgu
Hal
Bbu
Bbbpu
Tsm

Mks
Rpp
Jmb
Gsb
Rmb
Syp
Bml
Pls
Jmb
Ptm
Abd
sab
bbt
काठमाडौं । चलचित्र विकास बोर्डको प्रवक्तामा बोर्ड सदस्य के एल बुढाथोकी नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका कामकारबाही तथा गतिविधिहरुलाई पारदर्शी बनाई उजागर गर्न र चलचित्र विकास बोर्डसंग सम्बन्धित जानकारीलाई एकद्वाररुपमा जानकारी गराउने जिम्मेवारीसहित सोमबार बसेको बोर्ड बैठकले बुढाथोकीलाई प्रवक्ता नियुक्त गरेको हो ।
त्यस्तै विगत २५ वर्षदेखि कला साहित्य संचार क्षेत्रमा सक्रिय बुढाथोकीले थारु भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’,कमलरी प्रथामा आधारित फिल्म ‘लावाजुनी लगायत दर्जन जति नाटक र वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन् । मोफसलमा रहेर चलचित्र निर्माण कार्यशाला,महोत्सव लगायत गतिविधिहरु नियमित संचालन गर्दै आएका बुढाथोकी नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत हुन् । बुढाथोकीका आधा दर्जन साहित्यिक कृति, १ गीति एल्बम प्रकाशित छन् । अभिव्यक्ति स्वतन्त्रता एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका बुढाथोकीले सैनिक हिरासत र निर्वासन भोगेका छन ।
