
Pbu
Srbpu
Gfs
Ses
pku
Lnp
Djs
Unsku
Rgp1
Sgr
cjs
Pes
Rgp
Ggp

Bbu
Ksm
Ssm
Rgu
Sbs
Rsb
Asm
nsb
Wsp
Bbbpu
Rgu
Sls
Tsm
Pvg
Hal
Vor
Ggd
Rgs
Gst

sab
Jmb
Syp
bbt
Rpp
Ptm
Mks
Pls
Bml
Abd
Rmb
Gsb
Jmb
सुर्खेत । बृद्धाश्रम सहयोग समितिले कणार्ली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरी सहयोग गरेको छ ।
ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान सिप क्षमता युवा पुस्तामा पुर्याउने उदेश्यले शुरु भएको बृद्धाश्रम सहयोग समिति र प्रशान्ती बृद्धाश्रम बीच सहयोगको वातावरण बनि दुवै समिति बीच समन्वय भएको छ ।
ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य समेत रहेका प्रशान्ती बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले यो बृद्धाश्रमलाइ अब प्रदेशकै अग्रणी संस्थाको रुपमा विकास गरिने सोच रहेको हुँदा सहयोगी हातहरुको आवस्यकता रहेको कुरा बताउनु भएको छ । हरेक महिना कुनै न कुनै आश्रममा सहयोग गर्ने निति रहेको बृद्धाश्रम सहयोग समितिले यो महिना कणार्लीको प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरेको हो ।
त्यस्तै ५० जनाको क्षमता रहेको बृद्धाश्रममा हाल पानीको फिल्टर र सोलार आवस्यक रहेको जानकारी गराउदै सहयोग गर्न इच्छुकले ९८५८०६५८८८ मा सम्पर्क गर्न सक्ने जानकारी गराउनु भयो । बृद्धाश्रम सहयोग समिति अध्यक्ष सम्झना पौडेलले हरेक प्रदेशका आश्रमहरुमा कम्तीमा पनि एक एक लाखको अक्षयकोष स्थापना गर्ने उदेश्य अनुरुप यस आश्रममा सहयोग गरेको बताउनु भयो । वडा अध्यक्ष र पालिकाले दिएको सहयोगबाट रकम जुटिरहेको उहाँले बताउनु भयो ।
आगामी दिनमा समेत यस आश्रमको उन्नति प्रगतिमा निरन्तर सहयोग गरिरहने अध्यक्ष पौडेलले बताउनु भयो । कर्णालीकै उत्कृष्ट आश्रम बनाउन आफुहरु लागिपरेको र साथ् सहयोग गरिदिनको लागि सबैमा अध्यक्ष पौडेलले अनुरोध गर्नु भएको छ ।
सहयोग कार्यक्रमको अध्यक्षता बालकृष्ण श्रेष्ठले गर्नु भएको थियो भने प्रमुख अतिथि सम्झना पौडेल रहनु भएको थियो । घर घरबाट ज्येस्ठ नागरिक सडकमा र सडकबाट वृद्धाश्रम आउने बातावरण अन्त्य गर्न हरेक वडामा समिति बनाउने र ज्येस्ठ नागरिकलाई घरमै राख्ने बातावरणमा विशेष लागिपर्ने अध्यक्ष सम्झनाले बताउनु भयो ।
त्यस्तै ज्येष्ठ नागरीकको क्षेत्रमा सहयोग गर्न चाहनेले ९८५१३४१११४ मा सम्पर्क गर्न समेत उहाले जानकारी गराउनुभयो । हरेकले महिनामा १० रुपैयामात्र भएपनी ज्येष्ठ नागरीकको क्षेत्रमा सहयोग गर्न उहाँले अनुरोध गर्नु भयो ।

