
Djs
Gfs
Pbu
cjs
Pes
Lnp
Unsku
Sgr
pku
Rgp
Ggp
Rgp1
Ses
Srbpu

Rgs
Rgu
Wsp
Ggd
Bbbpu
Bbu
nsb
Tsm
Sbs
Asm
Pvg
Rgu
Gst
Ssm
Vor
Rsb
Hal
Ksm
Sls

Gsb
Ptm
Mks
Syp
Pls
bbt
sab
Jmb
Bml
Rmb
Jmb
Rpp
Abd
दाङ । दाङको राप्ती गाउँपालिकाले शैक्षिकसत्र २०८० काे विद्यार्थी भर्ना अभियान सम्बन्धी सराेकारवालाहरुसँग एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
पालिकाकाे शिक्षा ,युवा तथा खेलकुद शाखाकाे आयोजनामा सम्पन्न भएको साे कार्यक्रममा बाेल्ने वक्ताहरूले विद्यार्थी भर्ना अभियानलाई प्रत्येक टाेल टाेल सम्म पुर्याउनु पर्ने र विगतका वर्षहरूमा विद्यार्थीहरु विद्यालय भर्ना हुन छुट्नुकाे कारण पत्ता लगाई उनीहरूलाई समयमै विद्यालयमा भर्ना गर्नु पर्ने कुरामा जाेड दिएका थिए।
त्यस्तै उनीहरूले पालिकाले लागू गरेकाे कक्षा दश सम्मकाे नि:शुल्क र गुणस्तरीय शिक्षा कार्यनयन गर्न शिक्षक,विद्यार्थी,अभिभावक र सबै सराेकारवाला पक्षहरु सकारात्मक साेचका साथ एक जुट हुनु पर्ने बातएका थिए । कार्यक्रममा सहभागी सराेकारवाला व्यक्तिहरुले आगामी दिनमा पालिकाकाे शैक्षिक क्षेत्रलाई थप सुधार गर्नका लागि समूहगत रुपमा सुझाव समेत दिएका थिए ।
पालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा कार्यपालिकाका सदस्य ,गाउँ शिक्षा समितिका पदाधिकारी ,सामुदायिक र संस्थागत विद्यालयकाका प्रधानाध्यापक ,विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु ,राजनैतिक दलका प्रमुख ,विभिन्न संघसंस्थाका प्रमुख तथा सञ्चारकर्मीहरु लगायत अन्य सराेकारवाला व्यक्तिहरुकाे सहभागीता रहेकाे थियोे ।
पालिकामा आगामी बैशाख तीन गते देखि समयमै भर्ना ,समयमै ज्ञान,गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने मुल नाराका साथ विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदै छ।

