
Pbu
Unsku
Lnp
Gfs
Ggp
Rgp1
Srbpu
pku
cjs
Sgr
Rgp
Djs
Pes
Ses

nsb
Wsp
Bbu
Bbbpu
Ssm
Rsb
Gst
Sls
Ksm
Hal
Rgu
Rgu
Tsm
Sbs
Pvg
Asm
Ggd
Rgs
Vor

Ptm
sab
bbt
Mks
Abd
Rpp
Pls
Jmb
Rmb
Jmb
Bml
Syp
Gsb
दाङ । सामाजिक अभियन्ता सम्झना बुढा ओढ्ने- ओछ्याउने र नगद राहत बोकेर बुधबार बेलुका अग्नि पीडितको बासस्थान कप्तानगन्ज पुग्नु भएको छ ।
गत आइतबार बर्दिया घर भइ हाल लमही-७ कप्तानगन्ज बस्दै आउनु भएका गिता चौधरी र भारत घर भइ सोही गाउँमा बसोबास गर्ने समीर रज्जाको बासस्थानमा आगलागी भएको खबर पाएपछि तत्काल सामाजिक अभियन्ता सम्झनाले साथीहरुसंग समन्वय गरेर ओढ्ने-ओछ्याउने तथा नगद राहत बोकेर कप्तानगन्ज पुग्नु भएको हो ।
आगलागीबाट शरीरको लुगा बाहेक सम्पूर्ण गुमाउन पुग्नु भएका चौधरीलाई मच्छरदानी सहित ओढ्ने- ओछ्याउने तथा नगद ४ हजार पाँच सय र केही मात्राम क्षति भएको रज्जालाई ओढ्ने-ओछ्याउने सेटका साथ नगद २ हजार प्रदान गर्नु भएको हो ।
त्यस्तै अग्नि पीडित चौधरीलाई १ सेट सिलाइकटाइ मेसिन उपलब्ध गराउने र गरमीयाम रहेकोले रज्जालाई एक सेट पंखा उपलब्ध गराउने सामाजिक अभियन्ता सम्झनाले बताउनु छ । उक्त राहत हस्तान्तरण गर्दै सम्झनाले यस कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगी साथीहरुलाई हार्दिक धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।
राहत वितरण कार्यमा कर्रि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष किशोर कुमार घर्ती मगर,पत्रकार टेकबहादुर पुन,स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेकोे थियो । सामाजिक अभियन्ता सम्झनाले विगतमा अन्य विभिन्न दुखी, पीडितलाई यसैगरी सहयोग गर्दै आउनु भएको छ ।
