
Pbu
Unsku
Rgp
Lnp
Sgr
Ggp
Rgp1
sbs
Djs
cjs
Gfs
pku
Srbpu
Pes

Rgu
Rsb
Sls
Pvg
Rgu
Gst
Ssm
Wsp
Asm
Sbs
Vor
Hal
Bbu
Ggd
Rgs
Ksm
nsb
Bbbpu
Tsm

Syp
Ptm
Pls
Bml
Rmb
Mks
bbt
Gsb
Jmb
sab
Rpp
Abd
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले एकीकृत घुम्ती शिविर सुरु गरेको छ ।
सर्वसाधारणहरुलाई घरदैलोमै सेवा दिने उद्देश्य सहित गाउँपालिकाले घुम्ती शिविर थालनी गरेको हो । गाउँपालिकाकाे वडा नम्बर नाै रुपाकाेट स्थित वडा कार्यलयबाट बिहीबार देखि घुम्ती शिविर शुरु गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भएको छ । “सर्वसाधारणहरुलाई सेवा लिनका लागि गाउँपालिका कार्यलय सम्म आउन नपरोस् भन्नका लागि घरदैलोमा नै घुम्ती शिविरमार्फत एकीकृत सेवा उपलब्ध गराउन लागेका हौँ”, उहाँले भन्नु भयो ।
शिविर पालिकाकाे सबै वडामा आयोजना हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले जानकारी दिनु भएको छ । उहाँका अनुसार चैत १७ गते वडा नम्बर ८ काे वडा कार्यलय ,१८ गते वडा नम्बर ८ काे वडा कार्यलय , १९ गते वडा नम्बर ७ काे वडा कार्यलय , २० गते वडा नम्बर ६ काे वडा कार्यलय ,२१ गते वडा नम्बर ५ काे वडा कार्यलय ,२२ गते वडा नम्बर ४ काे वडा कार्यलय,२३ गते वडा नम्बर ३ काे वडा कार्यलय,२४ गते वडा नम्बर २ काे वडा कार्यलय र २६ गते वडा नम्बर १ काे वडा कार्यलयमा शिविरको आयोजना गरिएको छ।
शिविरमा जेष्ठ नागरिक परिचयपत्र ,अपाङ्ग परिचयपत्र र गरिब घरधुरी परिचयपत्र वितरण गरिने गरिब घरधुरी परिचयपत्र वितरण कार्यका संयाेजक बालचन्द्र गुरुङले जानकारी दिनुभएको छ । आज शिविरकाे पहिलो दिन ३५ घरपरिवारलाई गरिब घरधुरी परिचयपत्र वितरण गरिएको संयाेजक गुरुङले जानकारी दिनुभएको छ।
त्यस्तै दुई जना व्यक्तिलाई अपाङ्गता परिचयपत्र र २३ जना लाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी शाखा प्रमुख जीवन कुमारी जिसीले जानकारी दिनु भएको छ । शिविरमा सहभागीहरूकाे प्रस्तावित भालुवाङ्ग अस्पतालका डाक्टर मनिष कुमार यादव द्वारा स्वास्थ्य परिक्षण समेत गर्नु भएको थियोे ।

