तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शुक्रबार, चैत्र १७, २०७९

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले एकीकृत घुम्ती शिविर सुरु गरेको छ ।

सर्वसाधारणहरुलाई घरदैलोमै सेवा दिने उद्देश्य सहित गाउँपालिकाले घुम्ती शिविर थालनी  गरेको हो । गाउँपालिकाकाे वडा नम्बर नाै रुपाकाेट स्थित वडा कार्यलयबाट बिहीबार देखि घुम्ती शिविर शुरु गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भएको छ । “सर्वसाधारणहरुलाई सेवा लिनका लागि गाउँपालिका कार्यलय सम्म आउन नपरोस् भन्नका लागि घरदैलोमा नै घुम्ती शिविरमार्फत एकीकृत सेवा उपलब्ध गराउन लागेका हौँ”, उहाँले भन्नु भयो ।

शिविर पालिकाकाे सबै वडामा आयोजना हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले जानकारी दिनु भएको छ । उहाँका अनुसार चैत १७ गते वडा नम्बर ८ काे वडा कार्यलय ,१८ गते वडा नम्बर ८ काे वडा कार्यलय , १९ गते वडा नम्बर ७ काे वडा कार्यलय , २० गते वडा नम्बर ६ काे वडा कार्यलय ,२१ गते वडा नम्बर ५ काे वडा कार्यलय ,२२ गते वडा नम्बर ४ काे वडा कार्यलय,२३ गते वडा नम्बर ३ काे वडा कार्यलय,२४ गते वडा नम्बर २ काे वडा कार्यलय र २६ गते वडा नम्बर १ काे वडा कार्यलयमा शिविरको आयोजना गरिएको छ।

शिविरमा जेष्ठ नागरिक परिचयपत्र ,अपाङ्ग परिचयपत्र र गरिब घरधुरी परिचयपत्र वितरण गरिने गरिब घरधुरी परिचयपत्र वितरण कार्यका संयाेजक बालचन्द्र गुरुङले जानकारी दिनुभएको छ । आज शिविरकाे पहिलो दिन ३५ घरपरिवारलाई गरिब घरधुरी परिचयपत्र वितरण गरिएको संयाेजक गुरुङले जानकारी दिनुभएको छ।

त्यस्तै दुई जना व्यक्तिलाई अपाङ्गता परिचयपत्र र २३ जना लाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी शाखा प्रमुख जीवन कुमारी जिसीले जानकारी दिनु भएको छ । शिविरमा सहभागीहरूकाे प्रस्तावित भालुवाङ्ग अस्पतालका डाक्टर मनिष कुमार यादव द्वारा स्वास्थ्य परिक्षण समेत गर्नु भएको थियोे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]