Sidha Patra शनिबार, आश्विन १०, २०७७

कपिलवस्तु । कपिलबस्तुको सितगंगा नगरपालिका वडा नम्बर दश उपल्लो धानखोलामा पहिरोले घर पुरिदा एकै घरपरिवारका बाह्रजना सदस्य विस्थापित भएका छन् । लगातार वर्षाका कारण बिहिवार विहान ८ बजे घर माथिबाट एक्कासि पहिरो भर्दा सितगंगा नगरपालिका वडा नम्बर दश अर्घाखाँची निवासी देवकला रावतका बाह्रजना घर परिवार विस्थापित भएका हुन् ।

‘खाना खाएर सबै परिवार सुत्न आ–आफ्नो कोठामा लाग्यौं । राति दुईबजे एक्कासी घर माथिबाट ठूलो ढुंगा खस्यो । उठेर बाहिर हेर्दा घर छेवैमा माथि पहाडबाट चट्टान जस्तो ठुलो ढुंगा खसेको थियोे । त्यसको विहान ८ बजे एक्कासी माथि पहाड वनको भागबाट पहिरो झ¥यो, घर पु¥यो । पिडित देवकला रावतले भन्नुभयो ।’ देवकला रावतले भन्नुभयो,–। ‘पहिरो झर्‍यो यो सबै घर परिवार चिच्याउदैँ भागाभाग गरेर ज्यान जोगायौँ । तर, घर भित्र रहेका सामान केही जोगाउन सकिएन । सबै सामान पहिरोले पुर्‍यो ।’

माथिबाट खसेको पहिरोले घर पुरियो । घरमा रहेको सामन र कागजात जोगाउछु भनेर घर भित्र पस्दा पहिरोले २६ वर्षिय कान्छो छोरो अशोक रावतको खुट्टामा गम्भीर चोट लागेको छ । अन्य घर परिवारलाई भने केही भएन । छोरालाई उपचारको लागि बुटवल अस्पतालमा भर्ना गरेकी छु, पिडित रावतले भनिन् ।’

सम्पत्तिको नाममा रहेको यहि घर थियोे । त्यहि घर पनि बिहिवार राति दुई बजे आएको पहिरोले लग्यो । घर पुरिएपछि छरछिमेकीको घरमा आश्रीय लिएर खाना खादै आएको रावतका श्रीमान् यज्ञबहादुर रावतले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो,–। ‘अन्य उपाए केही छैन । घरसंग संगै घरमा रहेको सम्पूर्ण सामान पहिरोले पु¥यो । खेतीपाती गर्ने जग्गा जिमिन छैन । केही सामान निकाल्न पाएनौं पहिरो झर्दा । ज्यान मात्रै बचाउ सक्यो । छरछिमेकको घरमा पालैपालो खाने बस्ने गरेका छौ । घर माथि साजको रूख ढलेको छ ।’

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]