
Pbu
Rgp
cjs
Unsku
Ggp
Sgr
Gfs
Lnp
Djs
Pes
Rgp1
Srbpu
pku
Ses

Ksm
Sbs
Sls
Rsb
Pvg
Ggd
Gst
Asm
Vor
Ssm
Bbbpu
Bbu
nsb
Hal
Rgs
Tsm
Rgu
Rgu
Wsp

Mks
Syp
Jmb
Rmb
Jmb
Ptm
Bml
Gsb
Pls
bbt
Abd
sab
Rpp
दाङ । देउखुरीको राप्ती गाउँपालिकाकाे विभिन्न वडाहरुमा वर्षैदेखि रहेको खानेपानी समस्याको समाधान हुने भएको छ।
आईतवार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र खानेपानी तथा ढल ब्यबस्थापन बिभाग काठमाडौंका निर्देशक रत्न लामिछाने बिच भएको भेटमा साे सहमति भएको हाे।
साे समस्या समाधानका लागि आगामी आर्थिक वर्ष बाटै काम शुरु हुने गरि छलफल भएको अध्यक्ष विष्टले जानकारी दिनु भयो । उक्त भेटमा अध्यक्ष विष्टले खानेपानीको समस्या समाधान सँगै पछिल्लाे समय प्रदेश राजधानी कार्यनयन सँगै शहरीकरण पनि बढ्दै गईरहेकाले दिर्घकालिन रुपमा ढल व्यवस्थापनमा सहयोग गर्न समेत आग्रह गर्नु भएको थियाे।
त्यस्तै छलफलमा निर्देशक लामिछानेले मानिस स्वस्थ रहनका लागि स्वच्छ र सफा पानीकाे आवश्यकता पर्ने बताउँदै त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी सरकार र मुख्य गरेर बिभागकाे रहेकाले तत्काल समस्या समाधान गर्न आफू तयार रहेको बताउनु भयाे । हाल पालिकाकाे वडा न २, ३ ,५ र ९ का विभिन्न गाउँहरुमा खानेपानीको समस्या रहेको छ।
शुद्ध खानेपानीकाे व्यवस्था नहुदा साे क्षेत्रका स्थानीयवासीहरु ईनार,खाेला,कुवाकाे पानी पिउन बाध्य रहेका छन्। हिजाे मात्रै पालिकाकाे विकासको विभिन्न याेजनाका बारेमा अध्यक्ष विष्ट र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष डाक्टर मिन बहादुर श्रेष्ठ सँग पनि भेटघाट तथा छलफल गर्नु भएको थियोे ।
त्यस्तै अध्यक्ष विष्ट पालिकाकाे समग्र विकासको लागि विभिन्न याेजना लिएर केहि दिन देखि संघीय राजधानी काठमाडौंमै रहनु भएको छ।
