
pku
Rgp
Rgp1
cjs
Rgp
Lnp
Pes
Gfs
Rmb
Unsku
Sds
Pbu
sbs
Djs
Srbpu
Gis
Sgr
Cps
Ggp

Sls
Bbbpu
Rgs
Sbs
Rsb
Pvg
Wsp
Bbu
Hal
Rgu
Rgu
Vor
Ssm
Ggd
nsb
Asm
Tsm
Gst
Ksm

bbt
Rmb
Jmb
Ptm
Bml
Rpp
Mks
Gsb
Pls
Jmb
Abd
sab
Syp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित प्रहरी चौकी बेलामा आउनु भएका नव इन्चार्ज सुनिल कुमार खड्काले चौकीको कार्य क्षेत्र भित्रमा रहेका सम्बन्धि सरोकारवाला निकायलाई आमन्त्रण गरि शान्ति सुरक्षा सम्बन्धि छलफल र परिचयात्मक कार्यक्रम सप्पन्न गराउनु भएको छ ।
आमन्त्रण कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद शर्मा,३ का अध्यक्ष रामछोरे यादब,नेकपा १ का पार्टी अध्यक्ष नारायण पुन,२ का तुलसिराम भण्डारी,नेपाली काङ्ग्रेस १ का पार्टी सभापति रामबकश चौधरी,२ का धिर बहादुर यादब,३ का बालकराम यादब, जनमत पार्टीका केन्द्रिय सदस्य राधा यादब,राप्रपाका केन्द्रिय सदस्य लिला यादब,जनता समाजवादी पार्टिका सद्स्य माघिराम चौधरी,होटेल ब्यवसायी संघका सदस्य तथा रेम्बो गिरि होटेलका प्रोप्राइटर जमानसिङ्ग गिरि,नेकपा सचिवालय सदस्य द्वय गोपाल वलि,रिसिराम यादव,रेडक्रस प्रतिनिधि कामेश्वर यादब, सुर्यचन्द्र यातायात प्रालिका इन्चार्ज यामलाल वलि,स्थानिय समाजसेवी राम बहादुर बुढाथोकी तथा पुर्व डिएसपि हेमकुमार जिसि लगायतको उपस्थिति रहेको थियो ।
परिचयात्मक कार्यक्रममा बोल्दै नव इन्चार्ज खड्काले यस क्षेत्रका नागरिकलाई शान्ती सुरक्षाको अनुभुती दिलाउनमा आफू सधैं नियमपुर्वक लागिपर्ने तर विशेष गरि नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै समुदायमा अनियमित तरिकाले मादक पदार्थ बेचबिखन तथा सेवन, नियमबिपरित असुरक्षित तरिकाले सवारिसाधन चलाउने,जुवातास खेल्ने,खेलाउने, लगायतका गतिबिधिहरुलाई नियन्त्रण गर्न आफू लागीपर्ने र सबैले आवश्यक सहयोग गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै उपस्थित सबैजनाले नव इन्चार्ज खडकालाई स्वागत गर्दै आफुहरु एक जिम्मेवार व्यक्ती भएकोले अबदेखि यस क्षेत्रको विभिन्न टोल, समाजमा नियमबिपरितका कार्यहरु गर्ने,गराउने जोकोहिलाईपनि नियन्त्रणमा ल्याउने र कानुनबमोजिम कार्वाही गर्नु पर्ने बताउदै आफुहरुले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
