
Lnp
Djs
Sgr
Ses
Pes
cjs
Srbpu
Ggp
Rgp
Gfs
Unsku
pku
Rgp1
Pbu

Ssm
Bbu
Rgs
Rgu
Ksm
Vor
Bbbpu
Gst
Ggd
Sbs
Rgu
Pvg
Asm
Hal
Sls
nsb
Rsb
Tsm
Wsp

Rmb
Ptm
Mks
Abd
Jmb
Rpp
Jmb
sab
Syp
Gsb
Pls
bbt
Bml
दाङ । दाङको एप्पल मन्टेस्वरीले ७ औँ वार्षिक उत्सव मनाएको छ । घोराही १० नाराएणपुरमा रहेको मन्टेस्वरीले ७ औं वार्षिक उत्सव शनिवार एक भब्य समारोहका बीच मनाएको हो ।
बार्षिक उत्सवको अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको हो । विद्यालयका प्रधानाध्यापक गामा पुरीको अध्यक्षता एवम् घोराहि उपमहानगरपालीका वडा नम्बर १० का वडा अध्यक्ष दिपक पान्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष पान्डेले विद्यालयले पछिल्लो चरणमा सफलता प्राप्त गर्दै गएको भन्दै विद्यालयको प्रशंसा गर्नुभयो । उँहाले मोफसलमा सफल एक र उत्कृष्ट नमुना मन्टेस्वरीकोे रुपमा स्थापित हुन सफल हुनु नारायणपुर बासीका लागि गौरवको कुरा रहेको बताउनुभयो । वडाअध्यक्ष पान्डेले विद्यार्थीलाई बिभिन्न ज्ञानका साथै अनुशासनमा जोड दिएको भन्दै विद्यालय आउँदा दिनमा अझ नमुना बन्नुपर्ने बताउनुभयो । त्यसका लागि उँहाले सबै पक्षको साथ र सहयोग उत्तिकै आबश्यक रहेको औल्याउनुभयो ।
विद्यालयका प्रबन्ध निर्देशक दिपा घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले मन्टेस्वरीले छोटो समयमै बालबालिकाको मनोबैज्ञानिक तथा शिक्षण सिकाई क्षेत्रमा राम्रो प्रगति गरेको भन्दै यसलाई बचाई राख्न आग्रह गरेका थिए । उनीहरूले मन्टेस्वरीले गुणस्तरीय शिक्षा विद्यार्थीलाई दिन ध्यानदिनुपर्ने बताएका थिए । साथै मन्टेस्वरीको प्रशंसा व्यक्त गर्दै आगामी दिनमा मन्टेस्वरीले प्राप्त गरेको सफलतालाई बचाई राख्न आग्रह गरेका थिए ।
कार्यक्रममा अभिभावक भरत न्यौपाने , नारायणपुर उद्योग बाँणिज्य संघका महासचिव बसन्त न्यौपाने ,मन्टेस्वरीका सेयर सदस्य मिनराज घिमिरे ,सिद्धरत्न नाथ विद्यालयका प्रधानाध्यापक उत्तम कुमार खनाल ,गुरुकुल एकेडेमिका प्रधानाध्यापक डां कृष्णराज डिसि , गुरुकुल एकेडेमिका सहायक प्रधानाध्यापक मुकुन्द गिरी र विद्यार्थि गौरव बोहराले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बार्षिक उत्सवको अवसरमा मन्टेस्वरीका विद्यार्थिहरुले बिभिन्न प्रस्तुतिहरु देखाएका थिए । प्रत्येक बर्ष बिभिन्न बिधामा उत्कृष्ट कार्य गरेको ब्याक्तिहरुलाई सम्मान गर्दै आएको एप्पल मन्टेस्वरीले यस बर्ष पनि शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको छ ।
यसरी सम्मानित हुनेहरुमा शिक्षिका रक्षा बुढाथोकि र सबिता खत्रि रहनुभएको छ भने कार्यालय सहयोगि सम्झना चौधरी र सवारी चालक गिर बहादुर रोका रहनुभएको छ । सो अवसरमा मन्टेस्वरीका प्रधानाध्यापक गोमा पुरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमकको सहजिकरण विद्यालयकि शिक्षिका बन्दना बस्नेतले गर्नुभएको थियो । बार्षिक उत्सवको अवसरमा मन्टेस्वरी लेभल पार गरेका विद्यार्थिहरुलाई दिक्षान्त गरीएको थियो । मन्टेस्वरी लेभल पुरा गरेका १५ जना विद्यार्थिहरुलाई विद्यालयले प्रमाण पत्र र पोसाक पहिरीएर दिक्षान्त गरेको हो ।
