
cjs
Rgp1
Unsku
Pes
Lnp
Srbpu
Pbu
pku
Ses
Djs
Rgp
Ggp
Sgr
Gfs

Bbu
Ksm
Sls
Rsb
Rgu
Vor
Gst
Rgu
Sbs
Bbbpu
Wsp
Ssm
Hal
nsb
Asm
Rgs
Pvg
Ggd
Tsm

Rmb
bbt
Pls
Syp
Jmb
sab
Gsb
Mks
Ptm
Jmb
Abd
Bml
Rpp
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ चैतेदमार(शान्तपुर) मा रहेको गंगा प्राथमिक विद्यालयकाे नव निर्मित चार काेठे भवनकाे शुक्रबार उद्घाटन गरिएकाे छ।
बाल परोपकार Eine Welt e.V. तथा FLY & HELP जर्मनीको आर्थिक सहयोगमा शान्ति गृह नेपालद्वारा संचालित परियोजना “सिकाइ, वातावरणको विस्तार र सुधार” कार्यक्रम अन्तर्गत साे भवन निर्माण गरिएको हाे।
भवन निर्माण समितिका अध्यक्ष विष्णुप्रसाद पाेख्रेलकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र सहयाेगी राष्ट्र जर्मनकीका प्रतिनिधि अन्ना किलियनकाे विशिष्ट आतिथ्यतामा साे भवनको कार्यक्रमका विशिष्ट अतिथि किलियनले रिबन काटेर उद्घाटन गर्नु भएको थियोे।
साे अवसरमा बाेल्दै अध्यक्ष विष्टले सहयोगी दाता र संस्थाले शिक्षा क्षेत्र सुधारको लागि गरेका कामहरुकाे उच्च प्रसंशा गर्दै बनेका संरचना दिगो रुपमा टिकाउका लागि स्थानीयहरुलाई संरक्षण ध्यान दिन आग्रह गर्नु भयो ।
संस्थाले दातृ निकायको करिव ५५ लाख रुपैयाँको सहयोगमा चार काेठे विद्यालय भवन सहित दुई काेठे पक्की शाैचालय,खानेपानीको धारा, पुस्तकालय, खेलकुदका सामाग्रीहरु उपलब्ध गराएको शान्ति गृह नेपालीका प्राविधिक सुपर भाईजर बसन्त आचार्यले जानकारी दिनु भयो ।
यसकाे अलवा संस्थाले विद्यालयका विद्यार्थीहरु, शिक्षकहरु र अभिभावकहरूसँग विभिन्न चरणमा विद्यालय शिक्षा सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रमहरु समेत सञ्चालन गर्दै आइरहेको छ। यस अघि पनि यस संस्थाले पालिकाकाे विभिन्न वडाहरुका ५ भन्दा बढी विद्यालयका भवन तथा पुस्तकालय र बाल उद्यानहरु निर्माणका गर्नुका साथै विद्यालय हाता भित्र विभिन्न प्रजातिका विरुवाहरु समेत राेपेकाे छ।
साे उद्घाटन कार्यक्रममा सहयोगी राष्ट्र जर्मनका जर्युर्जेन स्टेअफ, स्ट्टेटाइन स्टेअफ,शान्ति गृह नेपालीका निर्देशक राजीप नेपाली,कार्यक्रम संयाेजक विदुरकाजी राेकाय,जिल्ला संयाेजक बुद्धि तामाङ ,प्राविधिक सुपर भाईजर बसन्त आचार्य, तालिम संयाेजक प्रकाश सुनार,संगीता लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवयन ध्वज तामाङ विद्यालयका प्राध्यनाध्यपक मुस्ताक अली मुसलमान,वडा सदस्य आत्मराम पाैडेल, पत्रकार नेत्र खनाल लगायतको सहभागीता रहेको थियोे ।
शिक्षिका द्वय रत्ना रायमाझी र बसन्ती खड्काको स्वागत गितबाट शुरु भएको कार्यक्रमको सञ्चालन शारदा आचार्यले गर्नु भएको थियो ।
