
Rgp
Rmb
Srbpu
Ggp
Djs
Rgp1
Cps
Sds
Unsku
Lnp
Pbu
sbs
pku
Sgr
Rgp
Pes
cjs
Gfs
Gis

Asm
Ksm
Sbs
Vor
Rgu
Hal
Pvg
Gst
nsb
Wsp
Rgs
Tsm
Ggd
Ssm
Rgu
Rsb
Bbu
Bbbpu
Sls

Jmb
Bml
Syp
sab
bbt
Pls
Abd
Mks
Jmb
Ptm
Gsb
Rpp
Rmb
दाङ । तुलसीपुर ५ ङ लाईनमा रहेको रिजाल बन्धु तेल उद्योगले दुई लाख रुपैया जरिवाना तिरेको छ । चिरिन्जीवी रिजालले सन्चालन गरेको उद्योगले उत्पादन गदै आएको सौगात ब्राण्ड तोरीको तेलको प्रतिबोतलमा नापतौलको मात्रा कम भएको भन्दै सरकारी संयन्त्रको अनुगमन टोलीले दुई लाख रुपैया जरिवाना गरेको थियो । उक्त टोलीले आगामी दिनमा सुधार गर्न र जरिवाना बापतको दुई लाख रुपैया एक हप्ता भित्र बैंक दाखिला गर्न निर्देशन दिएको थियो ।
सोहि अनुसार उद्योगले गत बुधवार असोज ७ गते राष्ट्रिय बाणिज्य बैंक मार्फत रकम दाखिला गरेको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।तोकिएको जरिवाना दाखिला गर्न एक हप्ताको समय दिईएको भएता पनि उद्योगले पाँच दिनमा रकम दाखिला गरेको हो । गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जका संयोजक योगेन्द्र कुमार पौडेलको नेतृत्वको अनुगमन टोलीले गएको असोज २ गते उद्योगमा अनुगमन गरेका थियो ।
अनुगमन टोलीले बेलुवामा रहेको उद्योगमा पुगेर सौगात ब्राण्डको तोरीको तेल प्याकिङ गरेको ९४८ पेटी मध्ये एउटा प्याकिङ पेटीको वोतलमा तेलको मात्रा नापतौल गरेको थियो । सोहि क्रममा कम मात्रा र कम गुणस्तर भएको फेला परेपछि कारवाही स्वरुप दुई लाख रुपैया जरिवाना गरिएको थियो ।
