
Pbu
Djs
Pes
cjs
Lnp
Ses
Ggp
Rgp1
Sgr
Rgp
Srbpu
Gfs
pku
Unsku

Asm
Wsp
Sls
nsb
Ggd
Ssm
Rgs
Sbs
Bbbpu
Rsb
Pvg
Ksm
Vor
Rgu
Gst
Rgu
Bbu
Hal
Tsm

Jmb
Mks
bbt
Rmb
Jmb
Rpp
sab
Gsb
Bml
Ptm
Pls
Abd
Syp
दाङ । एप्पल मन्टेस्वरीको एप्पल फेवल हाउस कार्यक्रम आज सम्पन्न भएको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफैँ कथा लेखी आफैँ वाचन गर्नुपर्ने हुन्छ । प्रि १ देखि कक्षा १ सम्मका विद्यार्थीहरू यो कार्यक्रममा सहभागी हुने छन्।
विद्यार्थीहरूको कन्फिडेन्ट लेभल बढाउने , श्रृजनात्मक बिकास गर्ने ,सोच्ने शक्ति बढाउने र ब्यक्तिक्त्व विकास गर्ने उद्धेश्यले एप्पल मन्टेस्वरीले यो वर्षदेखि आगमी वर्ष निरन्तर संचालन गर्ने गरी हरेक वर्ष एप्पल फेवल हाउस कार्यक्रमको आयोजना गर्ने गरेको कार्यक्रमका निर्देशक गोमा पुरीले जानकारी दिनु भयो । विद्यालयको प्राङ्गणमा कक्षा प्रि १ देखि कक्षा १ सम्मका विद्यार्थीहरुले आफ्ना अभिभावकहरुको उपस्थितिमा कथा वाचन गरेका हुन् । आज ३७ जना विद्यार्थीहरूले कथा वाचनगरी कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यालयले हरेक वर्ष विद्यार्थिहरुको लागि विभिन्न अतिरिक्त कृयाकलाप अन्तर्गत ब्यबहारिक शिक्षा प्रदान गर्ने गर्दछ । यसले गर्दा वालवालिकाको पढ्ने र लेख्ने मात्र नभई अन्य क्षमताको बिकास पनि हुने हुँदा यो विधाबाट शिक्षा दिईएको विद्यालयका सहायक प्रधानाध्यापक ममता केसीले जानकारी दिनु भयो । कथा वाचन कार्यक्रममा उपस्थित हुनुभएका अभिभावक अनिल कुमार बस्नेतले एप्पल मन्टेस्वरिको सैधान्तिक शैक्षिक प्रणाली र यस्ता अतिरिक्त कार्यक्रमले आफ्ना वालवालिकाले धेरै कुरा सिक्न पाएको र उनिहरुको मनोवल बढ्ने बताउनु भएको छ ।
साथै उँहाले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने बताउनु भएको छ । एप्पल मन्टेस्वरि एउटा विद्यालय मात्र नभएर साना वालवालिकाको पढ्दै सिक्दै गर्ने थलो र मनोरञ्जनसंगै वालवालिकाको मानसपटालमा घर र विद्यालय एउटै भएको र विद्यालयका शिक्षिकासंग शिक्षासंगै जीवन जिउने कलापनि सिक्न पाएको बताउनु भयो । सीप,कला लगायत अन्य ब्यबहारिक शिक्षा प्रदान गरेकोमा खुसि ब्यक्त गर्दै धन्यबाद समेत ब्यक्त गर्नु भयो ।
त्यस्तै कथा बाचन कार्क्रममा विद्यार्थिहरुले कुनै न कुनै सन्देश दिने खालको कथा लेखेका थिए भने कथाले दिन खोजेको सन्देश के थियो भन्ने बारेमा पनि प्रष्ट पारेका थिए ।वालवालिकाहरुको कथा लेखन कार्यक्रममा सहयोग पुर्याएको भन्दै विद्यालयले धन्यबाद ब्यक्त गरेको थियो । विद्यालयका सहायक प्रधानाध्यापक ममता केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शिक्षक बन्दना बस्नेतले गर्नु भएको थियो ।
कथा बाचन कार्यक्रमको संचालन कक्षा १ का विद्यार्थी गौरव बोहोरा र सारवि परियारले गरेका थिए । एप्पल मन्टेस्वरि विद्यालय २०७३ सालमा ५१ जना विद्यार्थी लिएर शैक्षिक क्षेत्रको विकाससंगै प्रबिधि मैत्रि शिक्षा प्रदान गर्ने उदेश्यले घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा संचालनमा आएको थियो । अहिले उक्त मन्टेस्वरी अभिभावकको अत्यधिक रोजाईमा पर्दै गएको छ । जसको कारण अहिले विद्यालयमा कक्षा १ सम्म १५० बढी विद्यार्थिहरु अध्यणरत छन् ।

