
Rgp
Gfs
Djs
cjs
Rgp1
Pes
Ses
Unsku
Ggp
pku
Srbpu
Sgr
Pbu
Lnp

Gst
Rgs
Tsm
Pvg
Bbu
Ssm
Rsb
nsb
Hal
Bbbpu
Rgu
Sbs
Rgu
Wsp
Asm
Ksm
Vor
Ggd
Sls

Ptm
Abd
Jmb
Bml
Jmb
sab
Pls
Gsb
Rpp
bbt
Syp
Rmb
Mks
दाङ । सबैलाई रात परेपनि यति बेला लमही नगरपालिका-८ गिधनिया घाट र राजपुर गाउँपालिका-३ खरदरिया घाटमा तस्कर भने रातभर नदी दोहनमा व्यस्त हुने गरेको पाइएको छ । केही दिन यता राप्ती नदीमा नदीजन्य पदार्थको दोहन अत्याधिक भैरहेको पाइएको छ ।
लमही नगरपालिकाको ८ नंबर वडा गिधनीया घाट र राजपुर गाउँपालिका ३ नम्बर वडा भित्रको सिमानामा पर्ने राप्ती नदीको क्षेत्रको स्थानबाट पटक पटक बालुवा,गिट्टी,मिस्कट र ढुङा लगायताका नदीजन्य पदार्थ अबैधरुपमा चोरि-तस्किरी गरेको पाएपछि शुक्रबार राती सुराकीको आधारमा उक्त ट्याक्टर पक्राउ गरिएको हो ।
राजपुर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामप्रसाद अहिर र स्थानीयबासी लालबहादुर यादव, संचारकर्मीको टोली,स्थानीयबासी लगायतको अगुवाइमा स्थलगत अनुगमन गर्ने क्रममा राती करिब ११:३० बजेको समयमा केही औजार सहित ट्याक्टर जफत गरेको बताइएको छ ।
अनुगमनका क्रममा नदीजन्य पदार्थ चोरी गर्दै गर्दाको अवैध ट्याक्टरलाई नियन्त्रणमा लिएको अध्यक्ष अहिरले बताउनु भयो । गाडी नम्बर नै नभएको एउटा ट्याक्टर र केही सामग्रीहरू नियन्त्रणमा लिएको तर अरु ट्याक्टरहरु भागेको हुँदा नियन्त्रणमा लिन नसकेको वडा अध्यक्ष अहिरले बताउनु भयो ।
नियन्त्रणमा लिएको ट्याक्टरमा भने चालक लेबर कोही नभएको अवस्थामा रहेको थियो । तर उक्त गाडीबाट बालुवा अनलोड गरेको थियो । गाडी, बालुवामा फसेर भाग्न नसक्दाको बेला नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा बेला प्रहरी चौकीलाई जानकारी गराई आवश्यक अनुसन्धान गर्न लगाइएको वडाध्यक्ष अहिरले जानकारी दिनु भयो ।
