
Srbpu
sbs
Unsku
Ggp
Rgp1
Lnp
Pes
pku
Djs
Sgr
Pbu
Rgp
Gfs
cjs

Rgu
Ksm
Rsb
Bbbpu
nsb
Ssm
Rgs
Tsm
Ggd
Rgu
Bbu
Sls
Wsp
Vor
Sbs
Gst
Asm
Hal
Pvg

Syp
Jmb
Rpp
bbt
Pls
Ptm
sab
Jmb
Mks
Rmb
Abd
Bml
Gsb
दाङ । जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा लमही जेसिजको वार्षिक कार्यक्रम मार्फत शुक्रबार आयोजना भएको रक्तदान शिविरमा पुर्व लमही जेसिजका अध्यक्ष सहित ३९ जनाले रक्तदान गर्नु भएको छ ।जेसिजले आयोजना गरेको जेसिज सप्ताहको दोस्रो दिन रक्तदान शिविरमा ३९ जनाले रक्तदान गरेको सप्ताहका कार्यक्रम संयोजक कविराज पोख्रेले जानकारी दिनु भयो ।
रगतको अभावले कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले लमही जेसिजको सप्ताह कार्यक्रम अन्तरगत लमहीको जिमार्टमा रक्तदान शिविरको आयोजना गरेको लमही जेसिजका अध्यक्ष सपना पाण्डेले बताउनु भएको हो । रगतको अभावले धेरै मानिस अकालमै ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै सप्ताह कार्यक्रममा रक्तदान शिविर संचालन गरिएको अध्यक्ष पाण्डेको भनाई रहेको छ ।
लमही जेसिजका अध्यक्ष सपना पाण्डेको अध्यक्षता एवं रक्तसञ्चार केन्द्रका प्रमुख दिलिप न्यौपानेको प्रमुख आतिथ्यतामा भएको शिविरमा नेपाल जेसीजका ट्रेनिङ कमिसनका जेसी वीर सिंह महरा,लमही जेसीजका पुर्वअध्यक्ष जेसी बिनोदकुमार पाण्डे, शिवशंकर गुप्ता, वसन्तकुमार भाण्डारी लमही जेसीजका महासचिव जेसी जयप्रकाश पौडेल सहित ३९ जनाले रक्तदान गर्नु भएको हो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र दाङले प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्रमुख दिलिप न्यौपाने, प्राविधिक इच्छा बुढा मगर, भिमा डिसी, कर्मचारी गोपीचन्द्र चौधरी, दिलिप चौधरी लगायतको प्राविधिक टिम खटिएको थियो । यस्तै शनिवार मुकेश चौधरीको संयोजकमा सिसँहनियाको निलसागर आश्रममा अत्यावश्यक सामाग्री सहयोग गर्ने कार्यक्रम रहेको सप्ताह निर्देशक दुलमदास चौधरीले जानकारी दिनु भएको हो ।
