ओमप्रकाश गुप्ता शुक्रबार, आश्विन ०९, २०७७

दाङ । स्थानीयले सडकको दुरावस्थाबारे ध्यानाकर्षण गराउन बीच सडकमै केराको खम्बा गाँडेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ-लमही सडक खण्डमा सडकैभर खाडल परेपछि राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीका स्थानीय युवाहरुले पाखापानी स्थित पवित्रा पेट्रोल पम्प नजिक बीच सकडमै दुई वटा केराको खम्बा गाँडेका हुन् ।

नियमित वर्षाका कारण सडकका खाडलमा पानी भरिएपछि दुर्घटनाको जोखिम बढेको, हिँड्डुल गर्न समस्या भएको स्थानीयले गणेश शर्माले बताएका छन् । भैंसी आहाल बस्ने जस्ता खाडलहरु सडकैभरी छन् । तर सडक मर्मत गर्ने कुरामा कसैले ध्यान नदिदा सडक विभागको ध्यान केन्द्रित गर्न बीच सडकमै केराको खम्बा गाँडेको शर्माले बताए । सडकै भरि ठूला ठूला खाडल परेका कारण सवारी दुर्घटना बढेको,धेरैले अकालमा ज्यान गुमाउनु परेको, पैदल यात्रु, साइकल चलाउनेलाई यात्रा गर्न कठिन भएको उनले बताए ।

मुख्य मन्त्रीको जिल्लामै कसैले ध्यान नदिएपछि सबैको ध्यानाकर्षण गराउन केराका खम्बा बीच सडकमै गाडीएकोे उनले बताए । सडकका खाडल पुर्न सम्बन्धित निकायले कुनै चासो नदिएको हुँदा सडक विभाग र राजमार्ग भएर ओहोर दोहोर गर्ने मन्त्री तथा राजनीतिक दलहरुको ध्यान केन्द्रित गर्न स्थानीयले सडकमा केराको बोट गाडेको उनले जानकारी दिए । लमही र भालुवाङ बीचको सडकमा अत्याधिक खाल्डाखाल्डी छ । ती खाडलमा बर्षामा पानी जम्मा हुन्छ र सडक क्षमता भन्दा बढी भार बोकेका सवारीले झनै बिगार्ने भएकाले दुर्घटनाको जोखिम बढेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]