
Djs
Ggp
Rgp
cjs
Gis
Rmb
Unsku
Rgp1
pku
Sgr
Lnp
Rgp
Pes
Srbpu
Pbu
Cps
Sds
sbs
Gfs

Bbbpu
Bbu
Asm
Rgs
Sls
Rsb
Tsm
Pvg
nsb
Vor
Ksm
Ssm
Gst
Sbs
Ggd
Wsp
Hal
Rgu
Rgu

sab
Rpp
Mks
Abd
Pls
Rmb
Ptm
bbt
Gsb
Bml
Syp
Jmb
Jmb
दाङ । स्थानीयले सडकको दुरावस्थाबारे ध्यानाकर्षण गराउन बीच सडकमै केराको खम्बा गाँडेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ-लमही सडक खण्डमा सडकैभर खाडल परेपछि राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीका स्थानीय युवाहरुले पाखापानी स्थित पवित्रा पेट्रोल पम्प नजिक बीच सकडमै दुई वटा केराको खम्बा गाँडेका हुन् ।
नियमित वर्षाका कारण सडकका खाडलमा पानी भरिएपछि दुर्घटनाको जोखिम बढेको, हिँड्डुल गर्न समस्या भएको स्थानीयले गणेश शर्माले बताएका छन् । भैंसी आहाल बस्ने जस्ता खाडलहरु सडकैभरी छन् । तर सडक मर्मत गर्ने कुरामा कसैले ध्यान नदिदा सडक विभागको ध्यान केन्द्रित गर्न बीच सडकमै केराको खम्बा गाँडेको शर्माले बताए । सडकै भरि ठूला ठूला खाडल परेका कारण सवारी दुर्घटना बढेको,धेरैले अकालमा ज्यान गुमाउनु परेको, पैदल यात्रु, साइकल चलाउनेलाई यात्रा गर्न कठिन भएको उनले बताए ।
मुख्य मन्त्रीको जिल्लामै कसैले ध्यान नदिएपछि सबैको ध्यानाकर्षण गराउन केराका खम्बा बीच सडकमै गाडीएकोे उनले बताए । सडकका खाडल पुर्न सम्बन्धित निकायले कुनै चासो नदिएको हुँदा सडक विभाग र राजमार्ग भएर ओहोर दोहोर गर्ने मन्त्री तथा राजनीतिक दलहरुको ध्यान केन्द्रित गर्न स्थानीयले सडकमा केराको बोट गाडेको उनले जानकारी दिए । लमही र भालुवाङ बीचको सडकमा अत्याधिक खाल्डाखाल्डी छ । ती खाडलमा बर्षामा पानी जम्मा हुन्छ र सडक क्षमता भन्दा बढी भार बोकेका सवारीले झनै बिगार्ने भएकाले दुर्घटनाको जोखिम बढेको छ ।
