Sidha Patra बुधबार, फाल्गुण २४, २०७९

दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस घोराहीले स्ववियु अध्यक्षको उम्मेदवारमा खुमन पौडेललाई घोषणा गरेको छ ।

संगठनले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै संगठनको तर्फबाट संगठनका दाङ जिल्ला अध्यक्ष खुमन पौडेललाई स्ववियु अध्यक्षको उम्मेदवार घोषणा गरेको हो ।
संगठनले बुधबार बिहान महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु उम्मेदवार घोषणा तथा नारी दिवसको अवसरमा शुभकामना आदानप्रदान आयोजित कार्यक्रममा पौडेललाई स्ववियु अध्यक्षको उम्मेदवार घोषणा गरेको थियो ।

त्यस्तै हामी बदल्छौ महेन्द्र क्याम्पसको स्वरुप, महेन्द्र क्याम्पको स्ववियु अखिल (क्रान्तिकारी)को नेतृत्व र विद्यार्थीको सुखदुःखको साथी अखिल (क्रान्तिकारी) विप्लव भन्ने मूल नारासहित संगठन केन्द्रीय सचिवालय सदस्य अनिल केसीले आगामी चैत ५ गतेहुने स्ववियु निर्वाचनका लागि संगठनको झण्डा हस्तान्तरण गर्दै पौडेललाई उम्मेदवारको घोषणा गरेका हुन् । उम्मेदवारको घोषणा गर्दै संगठन केन्द्रीय सचिवालय सदस्य अनिल केसीले आफ्नो संगठनले स्ववियुको चुनाव जित्ने आधारसहित विद्यार्थीको माझमा आएको बताए । उनले स्ववियु भनेको विद्यार्थीहरुको हकहित र अधिकार प्राप्तिसँगै विद्यार्थीका समस्याहरूलाई समाधान गर्ने साझा संस्था भएको स्पष्ट पारे ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्लाकी इन्चार्ज सम्झना सीले क्याम्पस पुरानो विधि र पद्धतिबाट चलेकोर त्यसको रुपान्तरण गरेर अगाडि बढ्नको लागि स्ववियु निर्वाचन अनिवार्य भएको बताइन् । उनले परम्परागत रुपमा हुँदै आएको स्ववियु चुनाव लामो समयपछि हुन लागेको भन्दै स्ववियु चुनाव नयाँ ढंगले कुन संगठनले जित्यो भन्ने महत्त्वपूर्ण कुरा हुने उल्लेख गरिन् । स्ववियु चुनाव जित्नु भनेको जनताको छोराछोरीले जित्नु हो भन्दै नेता सम्झनाले यो चुनाव विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी)ले तित्नुपर्ने कुरामा जोड दिइन् ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्य दाङ जिल्लाकी इन्चार्ज सम्झना सी, पार्टीका पूर्वी दाङ जिल्ल सेक्रेटरी जनक सी, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य अनिल केसी लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]