
Ggp
Lnp
pku
Unsku
Pes
Rgp
cjs
Sgr
Ses
Gfs
Srbpu
Pbu
Djs
Rgp1

Pvg
Rgs
Bbu
Tsm
Bbbpu
Ksm
Gst
Rgu
Ggd
Rgu
Sbs
nsb
Rsb
Wsp
Hal
Asm
Vor
Ssm
Sls

Syp
Rpp
Abd
Ptm
Pls
Rmb
sab
Bml
bbt
Jmb
Jmb
Gsb
Mks
पर्सा । बिरगंज भन्सार बीओपीमा ड्युटी खटिएका ४ जना सशस्त्र प्रहरीलाई अनियमितताको आरोपमा गणमा छानबिनका लागि तानिएको छ ।
बीओपी भन्सारको गेटमा तैनाथ ४ जना सशस्त्र प्रहरीले घुस लिएको सूचना १३ नम्बर गण पर्साले पाएपछि एसपी सुमन थपलियाले डीएसपी सुमन थापाको टोली अनुगमनका लागि पठाएका थिए ।
डीएसपी थापाको टोलीले भन्सारमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीको शरीर खानतलासी गर्दा सूचनाको अनुसार नै अनियमिततामा संलग्न भएको प्रमाण भेटिएपछि उनीहरुलाई गणमा तानेर छानबिन सुरु गरेको छ । १३ नम्बर गण पर्साले घुसकाण्डमा बीरगंज भन्सार गेटबाट ४ जनालाई तानिएको विषय मधेश प्रदेश बाहिनी हुँदै काठमाडौं सशस्त्र प्रहरी मुख्यालय हलचोकमा समेत जाहेर गरिसकेको समाचार छ ।
पर्साको भन्सार बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्ट केही महिना अघि बीओपीको घुसकाण्डको भिडियो नै सार्वजनिक भएपछि उनलाई सशस्त्र मुख्यालयमा छानबिनका सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाडौं तानिएको थियो । तर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पीए भानु देउवाको दबाबमा सशस्त्रका आइजीपी राजु अर्यालले उनलाई १५ दिनमै सोही बीओपीमा फर्काएका थिए । घुसकाण्डको भिडियो नै सार्वजनिक भएको अवस्थामा तानिएका भट्टले आइजीपी अर्यालमाथि दबाब दिएर फर्किएपछि उनले तस्करहरुसँग खुलेआम घुस असुली गर्दै संगठनकै बदनाम गराउँदै आएको आरोप लाग्ने गरेको छ । बीरगंज भन्सार बीओपी सशस्त्रको सबैभन्दा आकर्षक मानिन्छ । भानु देउवाकै दबाबमा भट्टलाई त्यहाँ सरुवा गरिएको थियो ।
सशस्त्र प्रहरी बलका यी शक्तिशाली इन्स्पेक्टर रविन्द्र भट्टले आइजीपी अर्यालको निर्देशनलाई समेत चुनौती दिंदै दरबन्दी नै नभएका हवल्दार मधु क्षेत्रीलाई घुमुवा राखेका छन् । सशस्त्र प्रहरीले अर्याल आइजीपी हुनासाथ गतवर्ष बाहिनी, गण र बीओपीमा कार्यरत १ सय ३५ जना घुमुवाहरुलाई हटाई बाहिनी, गण र गुल्ममा सरुवा गरेको थियो । देशभरका सबै घुमुवा हटाइसके पनि भट्टले भानु देउवाको आडभरोसामा संगठनलाई नै चुनौती दिंदै मधु क्षेत्रीलाई राखी अनियमितता गर्दैआएका छन् ।
क्षेत्री काज सरुवा भएको ठाउँमा पनि गएका छैनन् । काजफिर्ता पनि भएको छैन । इन्स्पेक्टर भट्टले उनलाई दरबन्दी नै नभएको र काज फिर्ता पनि नभएको अवस्थामा बीरगंजको भन्सार बीओपीमा राखी तस्करहरुसँग असुलीमा लगाएको आरोप छ ।

