शिवराज खनाल आइतबार, फाल्गुण २१, २०७९

दाङ । नेपाली काङग्रेसका केन्द्रीय सहमहामन्त्री किशोर सिंह राठोरले लोकतन्त्रको रक्षा र सविधानको कार्यान्वयनका लागि गठबन्धन अहिलेको एक मात्र बिकल्प भएको बताउनु भएको छ ।नेपाली काङग्रेस दाङ क्षेत्र नम्बर १को प्रथम क्षेत्रीय सम्मेलनलाई शनिबार दाङको लमहीमा सम्बोधन गर्दे उनले सो कुरा बताउनु भएको हो । लोकतन्त्रको रक्षाका लागि काङग्रेसले २०४६ सालदेखि कम्युनिष्टहरुसँग गठबन्धन गर्दे आएकोले यसलाई तार्किक निष्कर्ष पुर्‍याउन अहिले पनि गठबनधन गर्नुपरेको र यो नौलो विषय नभएको नेता राठोरले बताउनु भयो ।

चियापसलदेखि चोक चौराहामा आफ्नै नेतालाई गाली गर्दे हिड्ने र पार्टि आफ्नै पाकेटको हो भन्ने जस्तो ठेकेदारी पाराले काङग्रेश बलियो हुन नसक्ने भन्दै काङग्रेस बलियो बनाउनका लागि नेता कार्यकर्तालाई सच्चिन आग्रह गर्नु भयो । नेपाली काङग्रेस लहडमा आएको पार्टी नभई लामो इतिहास बोकेको पार्टी भएकोले काङग्रेसका नेता कार्यकर्ताहरुले काङग्रेसको इृतिहास जोगाउन र पार्टीलाई बलियो बनाउन वडा स्तरदेखि संगठन सुदृढीकरण र बिस्तारको काममा लाग्न आबश्यक भएको बताउनु भयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले नेतृत्व लिन खोज्नेले संगठन निर्माणमा ध्यान दिनु पर्ने बताए । राजनीतिक मन्त्री, नेता सांसद बन्नका लागि मात्र नभएर देश र जनताको मुहार फेर्नका लागि लागिपर्नुपर्ने बताउनु भयो ।

त्यस्तै अर्का नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले कांग्रेसको क्रियाशीलताप्रति सबै गम्भीर हुन जरुरी रहेको बताउनु भयो । त्यसैगरी अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरीले संविधानप्रति हुने घात प्रतिघातप्रति सचेत हुन कांग्रेसका कार्यकर्तालाई आग्रह गर्नु भयो । नेपाली कांग्रेस गढवा गाउँपालिका –६ का वडा सभापति हुकुमराज यादव, भुमि आयोग अधिकार मंचका केन्द्रीय कार्यबाहक अध्यक्ष मेघ बहादुर विसी,मुस्लिम संघका केन्द्रीय सदस्य नवाफ अलि,जिल्ला समन्वय समिति दाङका सदस्य कुल बहादुर बुढा,लुम्बिनी प्रदेशका प्रदेश सदस्य श्यामु सुनार,नेपाली कांग्रेस नगर सभापति सन्तोष बुढाथोकी,पुर्व क्षेत्रीय सभापति बासुदेव जंगली,दाङ २ का सभापति भीमप्रकाश खड्का,महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेत,जिल्ला सभापति शंकर प्रसाद डाँगी,पुर्व जिल्ला सभापति मोहनलाल वली,पुर्व सांसद सुशिला चौधरी, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सचेतक जन्मजय तिमिल्सिना लगायतका नेताहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो ।कार्यक्रमको विषयवस्तु माथि नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले गरेका थिए । १४ औं महाधिवेशन पछि पार्टीले गरेका काम कारबाहीका बारेमा वार्षिक प्रतिवेदन क्षेत्रीय सचिब खेमराज चौधरीले प्रस्तुत गरेका हुन भने कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव हरिहर शर्मा घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा दाङ क्षेत्र नम्बर १ अन्तरगतका नेता कार्यकर्ता भातृ संघसंगठन काङ्ग्रेसका शुभचिन्तक लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]