आलोक भावुक/गढवा आइतबार, फाल्गुण २१, २०७९

दाङ । गढवा गाउँपालिकाद्वारा पालिका भरीका सहिद परिवारलाई एक कार्यक्रमको बिच शनिबार सम्मान गरेको छ।

गढवा गाउँपालिकामा रहेका सरकारले सहिद घोषणा गरेका सहिद परिवारलाई एक कार्यक्रमको आयोजनागरि सम्मान गरिएको हो । गढवा गाउँपालिकाको विभिन्न वडाहरुमा गरी ११ जना सहिद परिवार रहेका छन् ।११जना सहिद परिवारहरु लाई बोलाई गढवा गाउँपालिकाको वडा नम्बर – ३ मा सम्मान गरिएको गढवा गाउँपालिकाले जनाएको छ ।मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि जनयुद्ध र लोकतान्त्रिक आन्दोलनमा होम्मिएर राष्ट्र र राष्ट्रियता र समाजको रुपान्तरणका निम्ति आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने विर शहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै सहिद परिवार लाई सम्मान गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो। अहिले सम्मको प्राप्त उपलब्धि भनेकै शहिद को बलिदान बाट प्राप्त उपलब्धि भएको बताउंदै अध्यक्ष पोख्रेलले सहिद परिवार संग पालिका हरबखत तयार रहेको बताउनु भयो।सहिद सम्मान कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले पालिकाले शहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम आफु उपस्थित हुन पाउँदा गर्ब महसुस् गरेको बताउदै शहिदहरुले समावेशी प्रणालीको लागि पनि आफ्नो ज्यान आहुति गरेको र आफु पनि समावेशी प्रणाली बाटै लोक सेवामा नाम निकाल्न सफल भएको बताउदै बिर सहिदहरुको नाम इतिहाँसको पानामा सुनौला अक्षरले लेखिसकेको बताउनु भयो । देशको आमुल परिवर्तनमा शहिदको रगत खेर नगएको भन्दै जति सम्मान गरे पनि कम हुने बताउनु भयो।त्यसैगरी सम्मान कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भक्तु चौधरीले देश र जनताको लागि अमर सहिदहरुले आफ्नो ज्यान बलिदान गरेको बताउनु भयो ।बिर सहिदहरुले आफ्नो ज्यानको बलिदानी नदिएको भए आज देश यो मोडमा नहुने बताउंदै सहिद परिवारले चिन्ता नलिइ गर्ब गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सहिद गिरी प्रसाद घर्तिका आमा मनिदेवी घर्ती मगर,सहिद निर्मल रावतका बुवा बिष्णु बहादुर रावत क्षेत्री, सहिद नन्द बहादुर केसीकी आमा खडक कुमारी खत्री,सहिद गिता घर्तिकी आमा गौमती घर्ति मगर, सहिद बलदेव चौधरीका बुवा लक्षमा चौधरी, सहिद गिरिराज पोख्रेलका आमा इश्वरा देवी पोख्रेल, सहिद माया चौधरीको आमा दसनी कुमारी चौधरी,सहिद यम बहादुर डालाको श्रीमती चमिसरा डालामगर,सहिद आलोक गिरिको आमा तुलसा गिरि लाई सम्मान गरिएको छ।

कार्यक्रममा ३ नम्बर वडाका वडा सदस्य आशाराम चौधरी,बिमल चौधरी, संघीय संसद नारायणी शर्माका स्वकीय सचिव तिलक घिमिरे लगाएतकाको उपस्थिति रहेको थियो । कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा पालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको प्रमुख आतिथ्यमा भएको थियो।

गढवा गाउँपालिका वडा नम्बर – ३का वडाध्यक्ष तुलसीराम अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा नम्बर – ३ का वडा सचिव शिव कुमार चौधरीले गर्नु भएको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]