Sidha Patra शनिबार, फाल्गुण २०, २०७९

दाङ । राजपुर गाउँपालिकाको वडा नम्बर १,२,४ र ५ को वडाहरुमा शुक्रबारदेखि तीन महिने आधारभूत सिलाई,कटाई तालिम सुरु भएको छ ।राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा सुरु भएको उक्त तालिमको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी र उपाध्यक्ष धनपती देवि यादव,प्रमुख प्रशासकीय अधिकृत बिष्णु कुमार पाण्डेले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।त्यस्तै सो आधारभूत तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिका भित्रका महिला दिदीबहिनीहरुलाई विभिन्न सीपमूलक तालिमहरु प्रदानगरि गाउँघरमै आत्मनिर्भर बन्न सक्ने वातावरण सिर्जना गर्न राजपुर गाउँपालिकाले यो कार्यक्रम अघि सारेको बताउनु भयो ।त्यस्तै उहाँले अब महिला दिदिबहिनीहरु आफ्नै पौरखमा बाँच्न सक्नु पर्छ,अरुको मुख ताक्न नहुने बताउदै सहभागी प्रशिक्षार्थीलाई भन्नु भयो । तपाईहरु के सिक्न चाहानु हुन्छ । त्यो कुरा गाउँपालिकामा लिएर आउनुस हामी सम्बोधन गर्छौं,अध्यक्ष बुढाथोकीले भन्नू भयो ।त्यस्तै उपाध्यक्ष यादवले सीप सिकाएर महिलाहरुलाई आत्मनिर्भर गराउने पालिकाको उदेश्य रहेको बताउनु भयो । ‘चुलो र चौकामा मात्र सिमित भएका महिला दिदीबहिनीहरुको आयस्रोतको पाटोलाई यो तीन महिने कटाई सिलाई तालिमले बलियो बनाउन मद्दत गर्नेछ’- उहाँले भन्नू भयो । पालिकाले महिलाहरुको लागि थुप्रै तालिमको व्यवस्था गरेको छ । हामी सबैलाई सीप सिकाएर सबैको आर्थिक स्थिति बलियो बनाउने योजनामै छौं,यादवले भन्नू भयो ।

महिलाहरुलाई घरमा पनि धेरै जिम्मेवार हुने भएको हुँदा कुनैपनि नकारात्मक सोच नराखी जुन उदेश्यले यो तालिम सिक्न आउनु भएको छ,त्यहीँ उदेश्य अनुसार ध्यान दिएर तालिम सिक्न उपाध्यक्ष यादवले अनुरोध गर्नु भयो ।त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेले तालिम दिने र तालिम पछि व्यवहारमा लागू नगर्दा राज्यको लगानी खेर गैरहेको भन्दै सीप सिकेर कहिँकति जोडिनु पर्ने कुरामा जोड दिनु भयो । समय अनुशार मानिसले आफ्नो व्यवहार परिवर्तन गर्दै लैजानु पर्ने बताउनु भयो । यो तीन महिने तालिम प्रयाप्त नहोला तर सीप सिकेर केही गर्छु भन्ने आत्मबल भएका महिलाहरुलाई केही सहज हुने उहाँको भनाई छ ।त्यसैगरी वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरीले राजपुर गाउँपालिकासंग समन्वय गरेर वडाका महिला दिदीबहिनीलाई यो तालिम प्रदान गर्न लागेको बताउनु भयो । त्यस्तै उहाँले अब वडा नम्बर १ मा थारु र मगर होम स्टेपनि संचालनमा ल्याउन लागेको हुँदा यस कार्यमा गाउँपालिकाद्वारा पूरा सहयोग मिल्ने अपेक्षा गर्नु भयो ।यसैगरी वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादवले अहिलेको समय भनेको सीपको समय भएको हुँदा सीप सिक्न जरुरी रहेको बताउनु भयो । यस्तै उहाँले अहिले हरेक व्यक्तिसंग सीप भएन भने मान्छे पछि पर्छन, हर घरमा एक जना सीप सिकेको अनिवार्य भएको उहाँको भनाई रहेको छ । साथै एक घर एक रोजगार हुनेगरि राज्यले कार्ययोजना ल्याउनु पर्ने उहाँको धारणा रहेको छ ।त्यसैगरी राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्टले अब महिलाहरु नेतृत्वमा आउनु पर्ने बताउनु भयो । बेरोजगार महिलालाई सीप सिकाएर सबैलाई आर्थिकसंग जोड्नु नै हाम्रो दायित्व हो,वडा अध्यक्ष विष्टले भन्नू भयो । यो सीपलाई अवशरका रुपमा लिएर महिलाहरु अगाडी बढ्नु पर्ने वडा अध्यक्ष विष्टको भनाई रहेको छ ।यो तीन महिने तालिममा वडाका २० जना महिला सहभागिता हुने गरि चारवटा वडामा ८० जना महिलाहरुलाई यो सीप प्रदान गर्न आठ जना प्रशिक्षक खटाइ उद्घाटन गरिएको तालिमको बारेमा महिला तथा बालबालिका शाखा राजपुर गाउँपालिका प्रमुख सुनिता चौधरीबाट स्वागत मन्तव्य सहित तालिम कार्यक्रमको बारेमा जानकारी भएको थियो भने कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखाका सामाजिक परिचाल कमला पुलामीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]