
Jsbg-7
Usbl-7
Msbg-2
Pbu
Rksr-7
Gsbg-3
Jsbr-3
Gsbr-6
Csbg-7
ksbl-7


दाङ । नेपाली काँग्रेस क्षेत्र नम्बर १ देउखुरीको प्रथम क्षेत्रिय सम्मेलन फागुन २० गते सनिबार लमहीमा हुने भएको छ ।
सम्मेलनको समुद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सह महामन्त्री किशोर राँठौरले गर्ने कार्यक्रम रहेको क्षेत्रिय सभापती भेषराज पाण्डेयले बताए । अधिबेसन पश्चात् पहिलो चोटि हुन सम्मेलन हुन थालेको हो । समितीले अहिले सम्म गरेका कामहरु र भाबी योजनाको बारेमा जानकारी दिन सम्मेलनको आयोजना गरिएको प्रबक्ता अजय न्यौपानेले बताए ।
त्यस्तै वडा,नगर र क्षेत्रीय प्रदेश हरुको सम्मेलन पश्चात् क्षेत्रीय समितिको सम्मेलन हुन थालेको हो । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ दाङको आयोजनामा हुन लागेको सम्मेलनमा सहभागी हुन सम्पुर्ण नेता कार्यकर्ताहरुलाई आग्रह गरिएको छ ।
कार्यक्रम लमही नगरपालिकाको सभाहलमा हुनेछ ।
