टीकाबहादुर बस्नेत बुधबार, फाल्गुण १७, २०७९

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले कार्यसम्पादनलाई तीब्र बनाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७९÷२०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले परिणाम निस्कने गरी कार्यसम्पादन गर्न मन्त्री र कर्मचारी प्रशासनलाई निर्देशन दिनुभएको हो ।प्रदेश सरकार राजधानीको निर्णय कार्यान्वयनको चरणमा रहेको भन्दै मुख्यमन्त्री गिरीले मुलुककै लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउनतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । भौतिक विकासका साथै जनताको जीवनस्तर उकास्ने विषयमा पनि केन्द्रीत हुनुपर्ने बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘जनताले महसुस गर्ने खालको विकास गर्नतर्फ हाम्रा योजना केन्द्रीत हुनुपर्दछ ।

पूर्वाधारको विकासले मात्रै मुलुक समृद्ध बन्दैन । जबसम्म जनताको जीवनस्तरका सुधार ल्याउने खालका कार्यक्रम हामी गर्दैनौं तबसम्म जनताले परिवर्तनको महसुस गर्न पाउँदैनन् । यसतर्फ सबै गम्भीर भएर लाग्नुपर्दछ ।’परम्परागत योजना र कार्यक्रमले जनताको जीवनस्तरमा परिवर्तन नल्याउने भन्दै मुख्यमन्त्री गिरीले परिवर्तीत सन्दर्भमा नवीन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

सरकारले कृषिलाई मुख्य प्राथमिकताको क्षेत्रका रुपमा लिएको भन्दै मुख्यमन्त्री गिरीले विशेष योजना बनाएर अगाडि बढ्न कृषि मन्त्रालयलाई निर्देशन दिनुभयो । ‘प्रदेशको मुख्य समृद्धिको आधार कृषि हो । तर, कृषिजन्य उत्पादनमा हामी आत्मनिर्भर बन्न सकिरहेका छैनौं, यो दुःखद् विषय हो । सम्बन्धित मन्त्रालयले यस विषयमा योजना बनाएर काम गर्नुपर्दछ’, मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘उत्पादनमा आधारित अनुदानका कार्यक्रम सञ्चालन गरेर अगाडि बढ्नुपर्दछ ।

सरकारले उत्पादित वस्तुको बजारीकरण गर्ने कार्यक्रम अगाडि सार्नुपर्दछ । यस विषयमा मन्त्रालयले विशेष योजना बनाउनुपर्दछ ।’ कृषिसँगै वनसम्पदाको प्रचुर मात्रामा सदुपयोग गर्नुपर्ने मुख्यमन्त्री गिरीको भनाइ थियो । स्थानीय तहको सहभागीतामा वातावरण नबिग्रने गरी नष्ट भइरहेका वनसम्पदाको सदुपयोग गर्नुपर्ने भन्दै मुख्यमन्त्री गिरीले यसतर्फ योजना बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभयो ।

त्यस्तै हालसम्मको प्रगति २४ प्रतिशत लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको हालसम्म २४.३२ प्रतिशत बजेट खर्च भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव दीपकराज नेपालले चालु आर्थिक वर्षको माघ मसान्तसम्म प्रदेश सरकारका मन्त्रालयगत जम्मा खर्च २४.३२ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँका अनुसार चालु खर्च २८.८९ र पूजीगत खर्च २०.९८ प्रतिशत रहेको छ । समीक्षा कार्यक्रममा मन्त्रालयका सचिवहरुले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]