
Csbg-7
Gsbr-6
Jsbg-7
Msbg-2
Usbl-7
Rksr-7
Gsbg-3
ksbl-7
Jsbr-3
Pbu


दाङ । माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले दुई महिने बैचारिक, राजनीतिक तथा संगठनात्मक अभियान सुरु गरेको छ।
नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका वडा नम्बर – ६ वडा कमिटीका अध्यक्ष महेश कुमार अधिकारीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष लुमाकान्त न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
“सोच, संरचना र शैलिलाई बदल्दै आफुलाई रुपान्तरण गराै,जन सम्बन्ध सुदृढीकरण गर्दै शक्तिसालि पार्टी निर्माण गराै” भन्ने मुलनाराका साथ अभियान सञ्चालन गरिएको हो ।
लुम्बिनी प्रदेश दाङ जिल्ला समन्वय समितिको निर्देशन अनुसार गढवा गाउँपालिकामा दुई महिने बैचारिक,राजनीतिक तथा संगठनात्मक अभियान लाई तिब्रता दिएको माओवादी केन्द्र गढवा गाउँपालिका ६ नम्बर वडा कमिटीका अध्यक्ष महेश कुमार अधिकारीले जानकारी दिनु भयो । माओवादी केन्द्रले अभियान कै रुपमा पार्टी कमिटीहरुमा राजनीतिक तथा बैचारिक प्रशिक्षण चलाउने छ ।
रुपान्तरण,सुदृढीकरण,विस्तार,नेतृत्व तथा कार्यकर्ताको रुपान्तरण, संगठन र जनसम्बधको सुदृढीकरण, पार्टी संगठनको विस्तार लगायतको कामलाई बिशेष जोड दिने बताइएको छ। कार्यक्रममा अहिलेसम्म भएका काम काजको बारेमा समिक्षा गर्दै आगामि रणनीतिका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त न्याेपाने, लुम्बिनी प्रदेश सदस्य यमनारायण शर्मा पोख्रेल, बिरेन्द्र चौधरी र गिता यादव, गाउँपालिका कमिटी सदस्य तुलसी राम चौधरी, नेत राज आचार्य, ओम प्रसाद चौधरी सल्लाहकार जित बहादुर आले, जोख बहादुर पुन, माओवादी केन्द्र गढवा गाउँपालिका ६ नम्बर वडा कमिटी अध्यक्ष महेश अधिकारी,उपाध्यक्ष मनिशा चौधरी कुमाल, सचिव तिलक परियार,गंगाराम यादव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण माओवादी केन्द्र ६ नम्बर वडा कमिटी सचिव तिलक परियारले गर्नु भएको थियो।
