दिनेश रैदाश सोमबार, फाल्गुण १५, २०७९

दाङ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको आज भालुवाङमा सम्पन्न प्रथम अधिवेशनले थानप्रसाद गैरे (पश्चिम नवलपरासी) गैरेको अध्यक्ष्यतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा हस्तबहादुर गुरुङ (दाङ) , महासचिव सालिकराम भण्डारी (रुपन्देही) , सचिव मार्कन्दै भण्डारी (गुल्मी),कोषाध्यक्ष उषा थापा (बाँके) रहनु भएको छ ।  त्यस्तै सदस्यहरुमा केशव न्यौपाने रुपन्देही, रिता अर्याल रुपन्देही, अनिसा पौडेल रुपन्देही, कमानसिंह वली बर्दिया, कृष्णाकुमारी शर्मा पाल्पा, लैनीकला रेग्मी कपिलवस्तु, नुना बहादुर बिसी कपिलवस्तु, नारायण पाण्डे पश्चिम नवलपरासी, कमला न्यौपाने भुसाल अर्घाखाँची, बलदेव मल्ल दाङ, उमा बस्नेत दाङ, मिश्रीलाल गुप्ता दाङ, भगवती अधिकारी बाँके,चन्द्रभरण थामी रोल्पालाई सर्वसम्मत चयन हुनु भएकाे छ।

अधिवेशनले रेश्मीराज अधिकारी कपिलवस्तुलाई लेखा समितिको संयोजक र कञ्चन गौतम बाँकेलाई लेखा समितिको सदस्यमा चयन गरिएको छ। प्रथम अधिवेशनको उद्घाटन प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश खानेपानी तथा ग्रामीण शहरी विकास मंत्री माननीय चेतनारायण आचार्यले गर्नु भएको थियो। आफ्नो उद्घाटन भाषणमा उहाँले शुद्ध र स्वच्छ पिउने पानी सर्वसुलभ तरिकाले प्राप्त गर्नु सबै नागरिकको मौलिक अधिकार भित्र पर्दछ भन्नु हुँदै प्रदेश भित्र हजारौं शहरी तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई शुद्ध र स्वच्छ पिउने पानी पुर्याउन प्रदेश सरकारले अहम भूमिका खेल्नु पर्ने र संघीय सरकारबाट पनि आर्थिक तथा प्राविधिक लगानी हुनु पर्ने खाँचो औंल्याइनु भयो।

महासंघका प्रदेश अध्यक्ष थानप्रसाद गैरेको सभापतित्व र सावित्रा रेग्मीको सञ्चालनबाट शुरू भएकाे उद्घाटन समारोहमा डिभिजन ग्रामीण खानेपानी तथा ढल निकास कार्यालय बाँकेका इन्जिनियर तिलक न्यौपाने, राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य राम मल्ल ठकुरी , भालुबाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, रोल्पा जिल्ला अध्यक्ष तिर्थ आचार्य, भालुबाङ होटल व्यवसाय समितिका अध्यक्ष महेश बेल्बासे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो। सहिद प्रति एक मिनेट मौनधारण र राष्ट्रिय गीत तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ दाङ जिल्ला अध्यक्ष ध्रुवसिंह ठकुरीको स्वागत मन्तब्य र कमला न्यौपानेको स्वागत गीत प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको संचालन सावित्रा रेग्मीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]