तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, फाल्गुण १५, २०७९

दाङ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ऐरावती क्याम्पस लालमटियाकाे प्रथम सम्मेलन आइतबार सम्पन्न भएकाे छ ।सम्मेलनले विनाेद कुमार साेनीकाे अध्यक्षतामा २१ सदस्य मूल इकाइ कमिटी गठन गरेकाे छ । जसको वरिष्ठ उपाध्यक्षमा टिकाराम रावत,उपाध्यक्षहरूमा आकाश केसी,फरिदा प्रविण,साेनिया निशा चयन हुनु भएको छ। त्यस्तै सचिवमा केशव भण्डारी, सह- सचिव प्रविण खत्री,ओमकुमारी विक,मदन केसी, अदिप गिरी रहनु भएको भने काेषाध्यक्षमा सुनिल बागवल चयन हुनु भएको छ।त्यस्तै सदस्यहरूमा निसिता घिमिरे सरस्वती गाैतम,रूविणा रेगम,श्रीजना पाेख्रेल रहनु भएको भएको छ।

भेलाले विभिन्न विभागहरुका प्रमुख तथा उपप्रमुखहरु जिम्मेवारी समेत ताेकेकाे छ। जस अन्तर्गत छात्रा विभाग प्रमुखमा शारदा शर्मा, उपप्रमुखमा सुहाना निशालाई जिम्मेवारी ताेकेकाे छ। त्यस्तै खेलकुद विभाग प्रमुखमा निश्चल थापा, उपप्रमुखमा खेमराज थापा,लक्ष्मी रानालाई जिम्मेवारी प्रदान गरेको छ भने प्रचार विभाग प्रमुखमा मनिषा खनाल,समन्वय विभाग प्रमुखमा सपना सुनार र उपप्रमुखमा साजना एमसीलाई जिम्मेवारी प्रदान गरेको छ।

यसैगरी सम्मेलन क्याम्पस कमिटी इञ्चार्ज भुवन केसीकाे अध्यक्षता एवम् अखिल (क्रान्तिकारी) दाङका संयाेजक गिरबहादुर महराकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला सचिव गाेविन्द मल्ल, नेता सुरेन्द्र भारती लगायतले बाेल्नुभएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन अखिल (क्रान्तिकारी)राप्ती गाउँपालिका संगठनका सचिव प्रदीप सुनारले गर्नुभएको थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]