
Msbus
Rgp
Ksbus
Sdc
Ggp
Asbus
Ggp
Ksbus
Lnp


काठमडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर निर्विरोध निर्वाचित भएकी छन्।
धादिङबेंसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनमा अध्यक्षका लागि थापाबाहेक अरुको उम्मेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ। वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाँण सर्वसम्मत भएका छन्।
यस्तै,सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमालपनि सर्वसम्मत निर्वाचित भएका छन्। सात जनाको खुला उपाध्यक्षमा भने १० जनाको उम्मेदवारी परेको छ। पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पूर्णकला वीसी, शंकर वीसी र तारापति सुवेदीको उम्मेदवारी परेको हो।
प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत भएका छन्। उपमहासचिवमा हरि डाँगी, शिरीष देवकोटा र कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत भएका छन्। महिला सचिवमा जमुना राना सर्वसम्मत भएकी छन्। त्यस्तै सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकीबाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको छ। गण्डकी प्रदेशबाट भने तीन जनाको उम्मेदवारी परेको छ। महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ।
