Sidha Patra आइतबार, फाल्गुण १४, २०७९

अर्घाखाँची। राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाचौँ जिल्ला सम्मेलन आगामी बैशाखमा हुने भएको छ । बैशाख ८ र ९ गते हुने सम्मेलनको उद्धाटन केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले गर्ने आइतबार सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिईयो ।

जिल्लामा ब्याप्त अनियमितता र भ्रष्टाचारको बिरुद्धमा उचित पहलकदमी नभएको,तिब्र वातावरणिय असन्तुलनले जिल्लाका प्राकृतिक, पर्यटकिय,धार्मिक,ऐतिहाँसिक र सांस्कृतिक क्षेत्रमा ठूलो समस्या देखा परेको,विकास निर्माणका काम पार्दर्शी र गुणस्तर बन्न नसकेको जसको निराकरणको निम्ती प्रभावकारी अनुगमन नभएको अवस्थामा जिल्लावासी र सरोकारवालाको ध्यानाकर्षण गराउन समेत यो सम्मेलन गर्न थालेको राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले बताउनुभएको छ ।

कार्यक्रममा पार्टी अध्यक्ष केसीले जिल्ला सम्मेलनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका निम्ती विभिन्न समिति बनाइएर जिम्मेवारि दिइएको जानकारी दिनुभएको छ । जसमा अध्यक्ष थम्मन केसीको संयोजकत्वमा मुल व्यवस्थापन समिति, अध्यक्ष केसीकै संयोजकत्वमा १ सय १५ सदस्यिय सम्मेलन तयारी समिति, सचिव बाबुराम पन्थीको संयोजकत्वमा १ सय ५५ सदस्यिय प्रचार–प्रसार समिति बनाएको छ ।

त्यस्तै यि समिति र जिल्ला समितिका सबै पदाधिकारीको सक्रियतामा फागुन १८ गते सम्म पालिका बैठक,फागुन मसान्तसम्म वाड बैठक चैत्र १२ गतेसम्म सम्पुर्ण पालिका र वाडका भेला तथा सम्मेलन सम्पन्न गर्ने गरि जिम्मेवारी प्रदान गरिएको अध्यक्ष केसीको भनाई छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]