
sbs
Ggp
Rgp1
cjs
Sgr
pku
Unsku
Lnp
Pbu
Djs
Pes
Rgp
Srbpu
Gfs

Sls
Ssm
Ggd
Tsm
Vor
Wsp
Rgu
Ksm
Asm
Hal
Rgs
Gst
Rsb
nsb
Bbu
Sbs
Bbbpu
Pvg
Rgu

Pls
bbt
Ptm
Syp
Rpp
sab
Rmb
Gsb
Jmb
Mks
Jmb
Bml
Abd
दाङ । देउखुरीको लमहीमा रहेको सामुदायिक डायलाइलोसिस सेन्टरमा सरकारले सहयोग गर्न बन्द गरेपछि अहिले बन्द हुने अवस्थामा पुगेको छ ।
विस २०७६ साल माघ २९ गतेदेखि तात्कालिन लुम्बिनि प्रदेशको मुख्यमन्त्री शंकर पोख्रेलद्वारा उद्घाटन गरिएको सामुदायिक डायलाइसिस सेन्टर नि:शुल्क रुपमा मृगौला पीडित बिरामिहरुको उपचार गर्दै आएको पत्रकार सम्मेलन गर्दै सेन्टरका प्रमुख शंकर पाण्डेले जानकारी दिनु भयो ।
प्रदेश सरकारको सहयोगले बिरामिलाइ नि:शुल्क सेवा प्रदान गर्दै आइरहेको सेन्टरमा गएको साउन महिनादेखि बजेट रोकिदा दैनिक प्रशासन समेत चलाउन नसकेको कारणले बन्द हुने अवस्थामा पुगेको हो ।
‘हामिले सामुदायिक सेवा गर्ने उद्देश्यलेले गैह्रनाफामुलक संस्थाको रुपमा सामुदायिक डाइलोसिस सेन्टर सन्चालन गरेर गरिब,बिपन्न तथा आर्थिक अवस्था कमजोर रहेकाहरुको नि:शुल्क रुपमा उपचार गर्दै आएका छौ,तर साउन महिनादेखि सरकारले बेवास्ता गरेपछि जेनतेन अहिलेसम्म बिरामिको उपचार गर्दै आएको तर सरकारले कुनै ठोस कदम नचाल्दा सेन्टरले आर्थिक जोहो गर्न नसकेको रोटेरियन रबिलाल आचार्य भने ।
त्यस्तै उपचार गर्न नपाउने भएपछि बिरामीहरु चिन्तित भएका छन् । सामुदायिक डायलाइसिस सेन्टरले सेवा बन्द गर्ने हो भने तत्काल २/३ जना जटिल केसका बिरामिको जिउ बचाउन गाह्रो हुने डायलाइसिस सेन्टरका डा.अब्दुस साबुद खानको भनाइ रहेको छ ।
अहिले देउखुरी सामुदायिक डायलाइसिस सेन्टरमा ५० जना भन्दा बढी बिरामीले सेवा लिइरहेको रोतेरियन केशब घिमिरेले बताउदै जनताको बाच्न पाउने अधिकार सुनिस्चित गर्न सरकारले पहलकदमी भुमिका निर्वाह गर्न अनुरोध गर्नु भयो ।
साउन महिनादेखि फागुनसम्म ६ करोड रुपैया प्रदेश सरकारसंग पाउनु पर्ने तर नपाएको गुनासो केशब घिमिरेले बताउनु भयो । संस्थाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा सेवाग्राही, सरोकारवाला निकाय,पत्रकार केपि घिमिरे,लिला शाह,प्रियास्मृति गजमेर,रोटेरियन लोकमान रिजाल, ओभा पाठक लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण रोटेरियन फणाधर दहालले गर्नु भएको थियो ।
