
Gsbg-3
Jsbr-3
Pbu
Usbl-7
ksbl-7
Jsbg-7
Gsbr-6
Msbg-2
Rksr-7
Csbg-7


रुपन्देही । नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको रुपन्देही जिल्ला अध्यक्षमा बिकास जंग बस्नेत निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न संघको १३ औं जिल्ला अधिवेशनले बिकास जंग बस्नेतको नेतृत्वमा ८३ सदस्यीय जिल्ला कमिटी गठन गरेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले जनाएको छ ।
जसको उपाध्यक्षमा दिपक खड्की र सचिबमा दिपेश कडेंललाई चयन गरेको छ । यसैगरी अधिवेशनले उप सचिबमा नवराज मल्ल र मधु श्रेष्ठ तथा कोषाध्यक्षमा नारायण थापालाई सर्वसम्मत रुपमा चयन गरेको युवा संघले जनाएको छ।
