
Rgp
Unsku
Pes
Ggp
Sgr
sbs
Pbu
Djs
Rgp1
Gfs
pku
cjs
Lnp
Srbpu

Rsb
Rgu
Tsm
Rgu
Hal
Ksm
Rgs
Sls
nsb
Gst
Ssm
Wsp
Pvg
Bbbpu
Bbu
Vor
Sbs
Ggd
Asm

Rmb
Mks
Pls
Ptm
Syp
Bml
Jmb
Abd
Jmb
sab
Gsb
bbt
Rpp
दाङ । राप्ती गाउँपालिका १ पाखापानी स्थित रामजहदी सामुदायिक वन उपभोक्ता समुहको २५औं साधारण सभा आज पाखापानीमा सम्पन्न भएको छ।
समुहको अध्यक्ष हरिप्रसाद श्रेष्ठको सभापित्वमा सम्पन्न साधारण सभाको उद्घाटन प्रमुख अतिथि एवं सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य डिलाराम पौडेलले गर्नु भयो । समुहका सदस्य हिमलाल आचार्यको स्वागत मन्तब्यबाट शुरू भएकाे साधारण सभामा प्रमुख अतिथि पौडेल,विशिष्ट अतिथि एवं पत्रकार महेश रिजाल,समुहका निवर्तमान उपाध्यक्ष युवराज भण्डारी,समाजसेवी ठाकुर प्रसाद आचार्य,नव प्रतिभा आधारभूत विद्यालयका प्रधानाध्यापक फर्सुराम आचार्य, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामलाल पोख्रेल,राप्ती गाउँपालिका वार्ड नं १ का वडा सदस्य आत्माराम पौडेल तथा उपभोक्ता भद्रकाली चौधरी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो।
सचिब हुमप्रसाद आचार्यको सञ्चालनबाट शुरुभएको साधारण सभामा अध्यक्ष हरिप्रसाद श्रेष्ठले आर्थिक वर्ष २०७८/०७९ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष निर्मला रोकाले २०७८/७९ को आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। साधारण सभामा नवप्रतिभा आधारभूत विद्यालय पाखापानी र स्वर्गद्वारी प्रावि पुल्चोकमा अध्ययनरत दुई छात्र र दुई छात्रा गरी चार जना विपन्न छात्रछात्राहरुलाई पठन सामग्रीद्वारा पुरस्कृत गरिएको थियो।
